बुलिङटारमा सडक समस्या
पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले, धौवादी, बुलिङटार ग्रामीण सडक वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ। बर्सात नरोकिएकाले सडक खुलाउन केही समय लाग्ने जनाइएको छ।
एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।
ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली
कुनै समय ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने चलन थियो तर सडक मार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ ।
कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारले तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुपर्नेमा जोड दिनुभएको छ ।
बोर्डरपास प्राप्त भएसँगै उत्तरी गोरखावासी खुसी
झण्डै चार वर्षदेखि बन्द रहेको चीनसँग जोडिएका उत्तरी गोरखाको रोइला नाका र ङुईला दुवै नाका खुल्ला भएसँगै गोरखाका उत्तरवासी खुसी भएका छन् । सीमा प्रवेशका लागि चुमनुब्रीवासीलाई बोर्डर पास वितरण गरिएको हो । जसले गर्दा दैनिक उपभोग्य सामग्रीहरू ल्याउन स्थानीयलाई सहज भएको छ ।
एमाले गण्डकी प्रथम अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।
जलजला जङ्गलमा भेटियो दुर्लभ रेडपाण्डा
म्याग्दीको धवलागिरि गाउँपालिका–२, स्थित जलजला जङ्गलमा दुर्लभ जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । लुलाङको जलजला क्षेत्रको धन्सेमाने जङ्गलभित्र रुखमा खेल्दै रमाइरहेको अवस्थामा रेडपाण्डा भेटिएको मरेनीका स्थानीय सुवास थापाले बताउनुभयो ।
मुस्ताङमा पनि फल्यो तरबुजा
हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा हुने तरबुजा फलाएको छ । समुद्री सतहदेखि दुई हजार छसय ५० मिटरको उचाइमा रहेको मार्फामा पहिलो पटक तरबुजा फलाउन सकिएको हो ।
सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्दो
पूर्वी नवलपरासीमा सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । नगदेबालीको रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्प खेती गर्न थालिएको हो ।