बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने
पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ ।
एक पालिका एक औद्योगिक ग्राम
पर्वतका सात पालिकामध्ये तीन पालिकामा ‘एक पालिका, एक औद्योगिक ग्राम’ योजना अन्तर्गत उद्योग सञ्चालन गर्ने भनिएको सरकारको योजना नारामै सीमित बनेको छ । औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्न भनी बजेट विनियोजन हुँदासमेत कुस्मा नगरपालिकासहित बिहादी र जलजला गाउँपालिकामा एउटै उद्योग स्थापना हुन सकेको छैन ।
समापन हुँदै जितिया पर्व
थारू जातिले मनाउने जितिया पर्व आइतबार समापन हुँदै छ । तराईमा बसोबास गर्ने थारू समुदायले मनाउने यो पर्वमा शनिबार महिलाले व्रत बसेका थिए । थारू अगुवा ओमकुमारी महत्तोले यस वर्ष पुरुषले अनन्त पर्वको व्रत बसेर मनाउन सुरु गरेको र शनिबार महिलाले व्रत बसेर विधिपूर्वक पूजा गरेर आइतबार समापन गरिने बताउनुभयो ।
पहिरो जाँदा पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड अवरुद्ध
पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
प्रदेशसभाका विषयगत समितिले पाए सभापति
फडिन्द्र अधिकारीलेखनाथ, असोज २० गते। आम निर्वाचन भएको करिब ९ महिनापछि गण्डकी प्रदेशसभाका चार वटा विषयगत समितिले नेतृत्व पाएका छन् । नेपाली काङ्ग्रेसले दुई, नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक समितिका सभापति लिने सहमतिअनुसार शनिबार उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परेसँगै निर्विरोध सभापति चयन हुने निश्चित भएको हो । अर्थ तथा विकास समिति सभापतिमा भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समिति सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । अर्याल र खड्का नेपाली काङ्ग्रेसका सांसद हुनुहुन्छ ।लेखा समितिको सभापतिमा एमालेका सुधीरुकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित हुनुभएको हो । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापति चयन बाँकी थियो । प्रदेशसभा सचिवालयको कार्यक्रम अनुसार सभापति चयनको औपचारिक घोषणा भने आइतबार हुने सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
काठे गाई संरक्षरण गर्ने कृषकलाई सुत्केरी खर्च
पर्वतको विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठे गाईको सरंक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिदैआएको छ । घरमा पालेको लोकल गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिइने गरेको हो ।
अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन
पर्यटकीय सहर पोखरामा दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ ।
विद्यार्थीलाई सिर्जनशील बनाउन सङ्गीत कक्षा सञ्चालन
विद्यार्थीलाई सिर्जनशील बनाउन म्याग्दीको एक विद्यालयले सङ्गीत कक्षा सुरु गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश माविले विद्यार्थीहरूका लागि सङ्गीत कक्षा सञ्चालन गरेको हो ।
राजतन्त्र फर्केला भन्नु बेकार हो : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेको बताउनुभएको छ । तर राजतन्त्र अब फर्कन सम्भव नरहेको उहाँको भनाइ छ ।