सालिकसहितको उद्यान निर्माण सम्पन्न
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।
दुग्ध उत्पादक कृषक आन्दोलित
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन् ।
विद्युतीय शवदाह गृहमा ताला
राजधानीबाहिर पहिलो पटक पोखरामा बनेको विद्युतीय शवदाह गृहमा अहिले ताला लागेको छ । गत भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृह हस्तान्तरण नहुँदा अलपत्र परेको हो ।
करेन्ट लागेर एक जनाको मृत्यु
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
‘कोरला नाका पूर्ण रूपमा सञ्चालन गरेर समृद्धिको ढोका खोल्छौँ’
अध्यक्ष, मुस्ताङको लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन् । पाँच वडा रहेको गाउँपालिकाको पूर्व, पश्चिम र उत्तरमा चीन पर्दछ भने दक्षिणमा मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिका पर्दछ । चीनसँग सिमाना जोडिएको कोरला नाका यसै गाउँपालिकाभित्र पर्दछ । चार महिनाअघिदेखि कोरला
हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै गुर्जा पुर्याइयो खोप
हिमाली जिल्ला म्याग्दीको सबैभन्दा दुर्गम वडा गुर्जामा कठ्याङ्ग्रीने चिसो हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै खोप पुर्याइएको छ ।
बेपत्ता तामाङलाई खोज्न सेतीको बाँध खोलिने
पोखराको सेती नदीमा फागुन १३ गते आइतबार राति माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको खोजी गर्न सेतीको बाँध खोलिने भएको छ ।
भलिबल विकासका लागि साढे ४६ लाख रुपियाँको अक्षयकोष
म्याग्दीमा भलिबल खेलको विकासका लागि साढे ४६ लाख रुपियाँ बराबरको अक्षयकोषको स्थापना गरिएको छ ।
कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना
तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।
शिक्षण पेसासँगै न्यौपानेको व्यावसायिक पशुपालन
पछिल्लो समय वैदेशिक रोजगारका लागि युवाहरू विदेश जानेक्रम बढ्दो छ । अध्ययन गर्ने विद्यार्थीसँगै रोजगारका लागि दिनहुँजसो युवा विदेश पलायन भइरहेका छन् ।
गण्डकी प्रदेशसभामा एमालेका तीन सङ्कल्प प्रस्ताव
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।
गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।
शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
तनहुँको आँबुखैरेनी गाउँपालिकाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । आँबुखैरेनी गाउँपालिकाको सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । सामुदायिक विद्यालयका प्रधानाध्यापकको आइतबार बसेको बैठकबाट गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर
उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ ।
पोखरेलीको सम्झनामा रवीन्द्र अधिकारी
विसं. २०७५ को फागुन १५ गतेले पोखरेलीलाई स्तब्ध बनायो । सो दिन तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्कनेक्रममा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युभयो ।
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा
प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् ।
मगर दिवसमा सांस्कृतिक झाँकी प्रदर्शन
४२ औं मगर दिवसका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार
बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् ।
आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना
गोरखामा आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
महायज्ञमा बहस-‘जल सम्पदा जोगाउन अहिल्यैदेखि लागौँ’
पञ्चकोटबाट उत्तर फर्किदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ्रे हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ ।
डुम्रे-बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र
लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।
चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग
म्याग्दीको मालिका गाउँपालिका-४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।
नाबालिका करणी गरेको आरोपमा युवक पक्राउ
नाबालिका करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका – १८ घर भई हाल काठमाडौँ स्थित बालुवाटार बस्दै आएका ३२ वर्षीय प्रदीप लामा लोप्चन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सदरमुकामको बजेट सुनिश्चित
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएको छ । अर्थ मन्त्रालयले तीन वर्षभित्र काम हुने गरी ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको जनाएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी काम अघि बढाइएको थियो ।