• १३ मंसिर २०८१, बिहिबार

एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित

blog

अध्यक्षमा निर्वाचित हरिराज कँडेल । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २ गते । नेकपा एमाले तनहुँको अध्यक्ष हरिराज कँडेल भारी मतान्तर निर्वाचित हुनु भएको छ । १० औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा विष्णुभक्त सिग्देललाई पराजित गर्दै कँडेल निर्वाचित हुनु भएको  हो । कँडेलले दुई सय ९२ मत प्राप्त गर्नुभयो भने सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभयो

पदाधिकारी लगायत सदस्यमा अधिकांश कँडेल समूहका विजयी भएका छन् । उपाध्यक्ष राजेश्वर हड्खले विजयी हुनु भएको छ । ढकालले दुई सय ७९ मत प्राप्त गर्नुभयो भने श्रीराम कार्कीले दुई सय १४ मत प्राप्त गर्नुभयो ।  सचिवमा प्रदीपराज अधिकारीले दुई सय ८० मत प्राप्त गरी विजयी हुनु भयो । प्रतिस्पर्धी अनिल पाण्डेले दुई सय ११ मत पाउनु भयो ।  उपसचिवमा खुलामा खिमबहादुर कुमालले दुई सय ९६ मत प्राप्त गरी विजयी हुनुभयो । प्रतिस्पर्धी आरके पोख्रेलले एक सय ८४ मत प्राप्त गर्नुभयो ।   महिला उपसचिवमा सुनिता नेपालीले दुई सय ८३ मत प्राप्त लगरी निर्वाचित हुनु भएको छ । प्रतिस्पर्धी वसुन्धरा घर्तीले एक सय ९७ मत प्राप्त गर्नुभयो ।  विजयी पदाधिकारी सबै कँडेल प्यानलबाट उम्मेदवार बन्नु भएको थियो । अध्यक्षमा निर्वाचित कँडेल यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

बुधवार सुरु भएको अधिवेशनमा अधिवेशनमा ५८५ जना प्रतिनिधि भए पनि ५६० जना मतदानमा सहभागी  भएका थिए । नेताहरूले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरे पनि आकाङ्क्षीहरूको व्यवस्थापन गर्न नसक्दा मतदान गर्नु परेको थियो । ९९ सय सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । नेताहरूले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरे पनि आकाङ्क्षीहरूको व्यवस्थापन गर्न नसक्दा मतदान गर्नु परेको थियो ।