फेवाबाट जलकुम्भी हटाउन अभियान
केही अध्ययनको निष्कर्ष छ: अतिक्रमण नरोकिने हो भने अबको सय वर्षमा फेवाताल रहँदैन । फेवाका शत्रु मानवीय र प्राकृतिक अतिक्रमण मात्र होइनन्, यसको सौन्दर्य बिगार्ने कारक बनेको छ जलकुम्भी झार ।
सुन्तला सुपरजोनको अध्यक्षमा अर्याल
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन सञ्चालन समन्वय समिति स्याङ्जाको चौथो अधिवेशनले बोधराज अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित गरेको छ।
सडक ढलान भएपछि यात्रा सहज
बेनी नगरपालिका-६ स्थित राउवडाको बस्ती जोड्ने सडक ढलानसहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ ।
शिक्षा क्षेत्रको विकासमा शिक्षक सङ्गठनको योगदान महत्त्वपूर्ण
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले शिक्षा क्षेत्रको विकासमा शिक्षक सङ्गठनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
महिलालाई बोल्ने क्षमता बढाउन भाषणकला तालिम
ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइएको छ ।
बनेका धारा भत्किन थाले तर पानी आएन
खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् ।
रुपाताल परियोजनाको काम रोकियो
कास्कीको पोखरा महानगर र रुपा गाउँपालिकाको बिचमा पर्ने रुपातालमा अहिले रुपाताल एकीकृत संरक्षण विकास परियोजना चलिरहेको छ ।
विद्यालयमा क्याप्टेन चयन गर्न निर्वाचन
जिल्लाको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । क्याप्टेन चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ ।
राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो ।
तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै
तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
सडकमार्गले सङ्कटमा पदमार्ग
मनाङलाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले ३१ वर्ष अघि ट्रयाक खोल्यो । सेनाले २०६९ मा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटरको सडकको ट्रयाक खोलेर यात्रा सहज बनाइदियो ।
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
पदयात्री सूचना व्यवस्थापन प्रणाली जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुुगमन गरेको छ ।
किसानलाई मौरीसहितको घार अनुदानमा
बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो ।
मुस्ताङलाई हरियाली बनाइँदै
देशकै सबै भन्दा कम वन क्षेत्र रहेको मुस्ताङलाई हरियाली बनाउन सुरु गरिएको छ । करिब ४ प्रतिशत भन्दा कम वन अर्थात् हरियाली रहेको मुस्ताङलाई हरियाली बनाउन लोमान्थाङबाट वृक्षारोपण अभियान सञ्चालन गरिएको छ ।
मोटरेबल पुल निर्माण
गोरखाको आरुघाट गाउँपालिका–४ र ५ मा पर्ने आर्खेत बजारको आर्खेत खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पूर्वाधार कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख गणेश सुवेदीले गाउँपालिकाको ४ र ५ नम्बर वडामा पर्ने आर्खेत खोला जोड्ने मोटरेबल पुल दुई वर्षमा सम्पन्न हुने सम्झौता भए पनि सम्झौता भएको भन्दा दुई वर्षपछि वैशाख १५ गते मोटरेबल पुल सम्पन्न भएको जानकारी दिनुभयो ।
सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’
तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’ जडान सुरु गरेको छ ।
'पोखरालाई प्रकृति र संस्कृतिको पनि राजधानी बनाऔँ'
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको राजधानीसमेत रहेको देशकै ठूलो महानगर पोखरालाई प्रकृति र संस्कृतिको पनि राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताउनुभएको छ ।
यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरूले जनाएका छन् ।
हुम्डे विमानस्थल प्रयोगविहीन
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्र गरेको मनाङको हुम्डे विमानस्थल प्रयोगविहीन छ ।
अपाङ्गमैत्री पूर्वाधारमा लगानी
बागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण गरिरहेको छ । नगरपालिकाले अवैध सडक पेटी भत्काएर सडक विस्तारसँगै फुटपाथ निर्माण गरिरहेको हो ।
उर्वराशक्ति बढाउन प्राकृतिक खेती अभियान सुरु
रासायनिक मल र बढ्दो विषादीको प्रयोगले खेतबारीको उत्पादन शक्ति ह्रास हुँदै गएको छ । त्यसले गर्दा खेतबारीमा अन्नपात उत्पादनको दर घट्दै जान थालेको छ । यस्तो अवस्थामा पर्वतका केही ग्रामीण बस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ ।
महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजना सुरु
स्याङ्जाको वालिङमा ‘कृषि विकास परियोजना’ सुरु भएको छ । वालिङका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।