आठ पालिकाले दिए मगर दिवसमा बिदा
४२ औँ मगर दिवसको सन्दर्भमा स्याङ्जाका आठ पालिकाले सार्वजनिक बिदा दिएका छन् । ११ पालिका रहेको स्याङ्जामा पाँच नगरपालिका र तीन गाउँपालिकाले दिवसमा बिदा दिएका हुन् ।
म्याग्दीमा ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ ।
बागलुङलाई उपाधि
बागलुङले प्रथम सन्तोष थापा स्मृति कप भलिबल-२०८० को उपाधि जितेको छ । बागलुङले स्याङ्जालाई ३–१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले गर्दै उपाधि जितेको हो ।
वर्षासँगै परेको हिउँले मनाङी कृषकमा खुसी
आकाशतिर नजर लगाउन थालेको तीन महिनापछि मनाङीले राहत महसुस गरेका छन् । आकाशबाट परेको वर्षा र सँगै परेको हिउँले यतिबेला मनाङी कृषकहरू खुसी भएका छन् ।
गलकोट बहुमुखी क्याम्पसलाई एकै परिवारकाे एक करोड सहयोग
बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि यहाँका एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् ।
सडक निर्माण योजना प्रभावित
बजेटको स्रोत सुनिश्चित भई बहु र्षीय ठेक्का लगाएको जिल्लाको एक सडक योजनामा बजेट नआउँदा योजना कार्यान्वयन प्रभावित बनेको छ । अर्थ मन्त्रालयले बजेट नपठाउँदा सडक डिभिजन कार्यालय बागलुङ मार्फत निर्माण भइरहेको म्याग्दीको बेनी नगरपालिका १ रत्ने चौर देखि ज्यामरुककोट हुँदै भकुण्डे–भकिम्ली,बरंजा सडक निर्माण योजनामा बजेटको अभाव भएको हो । योजनामा काम गरे अनुसारको भुक्तानी नपाउँदा निर्माण व्यवसायीले काम छाड्ने तरखर गरेका छन् ।
मानसरोवर जाने मार्ग खुलाउन पहल
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ । कालीगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल थालेको उहाँको भनाइ थियो ।
गोरखामा आज सार्वजनिक बिदा
स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गोरखा नगरपालिका – १४ पियोरबेशीको स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोर बाबु सेढाईको निधन भएको भन्दै नगरपालिकाले सोमबार आज मातहातका सबै कार्यालयहरूमा सार्वजनिक बिदा गरेको हो ।
लासलाई भिजेर जल्नु पर्ने बाध्यता
गण्डकी र लुम्बिनी प्रदेशको सङ्गम स्थल राम नदी धार्मिक पर्यटकीय हिसाबले परिचित रहेको छ । गल्याङ नगरपालिका १ स्याङ्जा र बगनासकाली गाउँपालिका ५ रहेको छ रामनदी धाम ।
चौरासी पूजामा विद्यालयलाई ६ लाख सहयोग
म्याग्दीको मालिका गाउँपालिका–४, स्थित छाप्सीबाङ घर भएर हाल पोखरा निवासी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेवी दम्पती परिवारले चौरासी पूजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ।
सवारी साधन ठोक्किँदा तीन घाइते
नवलपुरको गैंडाकोट नगरपालिका –२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।
हिउँमा खेल्दै पढ्दै मनाङका विद्यार्थी
चामे गाउँपालिका तिमाङमा रहेको गौरीशङ्कर आवासीय विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले हिउँको प्रवाह नगरी विद्यालय सञ्चालन गरिएको बताउनुभयो ।
भीरबाट खसेर पर्यटकको मृत्यु
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु भएको छ । घुम्न जानुभएकी अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोस शनिवार साँझ भीरबाट खस्नुभएको थियो ।
फेवाताल सीमाङ्कन सुरु
सर्वोच्चको आदेश पालना हुँदा अबको एक महिनाभित्रै फेवातालको मापदण्डभित्रका संरचना हटाएर त्यो क्षेत्रलाई हरियाली बनाइसक्नुपर्छ । तर, पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पाँच महिना कामै नगरी गुजारे ।
‘शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट बाहिर राखौँ’
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राजनीति गर्न नहुने बताउनुभएको छ । अनावश्यक रूपमा हुने राजनीतिले सबैतिर असर गरेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “शिक्षा, स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट बाहिर राखौँ ।” स्याङ्जाको गल्याङमा भएको उपप्रमुखसँग शिक्षक अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले शिक्षाको गुणस्तर सुधारमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री गुरुङले स्वदेशमा नै विद्यार्थी रोक्न शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षा स्वास्थ्य जस्ता नागरिकका आधारभूत आवश्यकता र महत्वका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।
विदेशी सेनामा भर्ती नहुन प्रधान सेनापतिको आग्रह
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली युवालाई विदेशी सेनामा भर्ती नहुन आग्रह गर्नुभएको छ । नवलपुरको हात्तीखोलमा रहेको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले यस्तो आग्रह गर्नुभएको हो । युक्रेनसँगको लडाइँका कारण रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था कस्तो छ भन्ने सबैले बुझेको भन्दै प्रधान सेनापति शर्माले कुनै पनि हालतमा विदेशी सेनामा भर्ती नहुन एनसिसी तालिमका सहभागीलाई आग्रह गर्नुभयो । “देशमा केही हुन्न र हुन सक्दैन भन्ने गलत भास्य निर्माण गर्दै विभिन्न देशमा जोखिमपूर्ण कार्य गर्न जाने अग्रसरता कम्तीमा पनि तपाईंहरूबाट प्रदर्शित हुने छैन भन्ने विश्वास लिएको छु,” प्रधान सेनापति शर्माले भन्नुभयो, “मैले इङ्गित गर्न खोजेको विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला, मेरो विशेष आग्रह छ ।”
कोदोबाट बिस्कुट उत्पादन
पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाल्नुभएकोे छ ।
गोरखकाली रनिङकपको उपाधि हरमटारीले लियो
मिस्टर बि आठौँ गोरखकाली रनिङकप प्रतियोगिताको उपाधि आयोजक हरमटारी युवा क्लबले जितेको छ । गोरखा नगरपालिका – ६ हरमटारी खेलकुद मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा चाइनिज धारा फेमली क्लबलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो ।
मनाङमा घर भत्किँदा एक जनाको मृत्यु
ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर गोरखा धार्चे गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर घलेको मृत्यु भएको छ । घर मर्मत गर्ने ९ कामदारमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ भने १ कोसामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।
पुरिएको अवस्थामा फेला पर्यो पाटे बाघ
खाल्डो खनेर जङ्गलमा गाडेको अवस्थामा वयस्क पाटे बाघ भेटिएको छ । मध्यबिन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।
नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना
नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।
भलिबल : स्याङ्जा फाइनलमा
स्याङ्जा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।
नाबालिका बलात्कारको आरोपमा दलबहादुर पक्राउ
गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हुम्डे विमानस्थल अलपत्र
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रूपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौँ रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङी मुक्त हुन सकेका छैनन् ।