चाडबाडको मेसोमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद
म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।
फिर्के खोलाका संरचना हटाइँदै
फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले आग्रह गरेको छ । पोखरा १८ अधेरी कुनादेखि पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने यो खोला करिब आठ किमी लामो छ ।
किसानलाई धान काट्न भ्याइनभ्याइ
दसैँ सकिना लाग्दै गर्दा किसान यति बेला धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । किसानको व्यस्ततासँगै पूर्वी नवलपरासीमा यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । जिल्लाका किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइनभ्याइ छ । पूर्वी नवलपरासीमा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख तिवारीको भनाइ छ । यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने र अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।
कलाकार घिमिरे घाइते
कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । पोखरा महानगरपालिका–३, नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा खसेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।
गर्भवती र सुत्केरीलाई पोषण भत्ता
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् ।
ढुसीको प्रकोपले कागतीका बोट सखाप, किसान चिन्तित
फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।
दसैं मनाएर फर्किनेको बसपार्कमा भीड
दसैं मनाउन गाउँ आएकाहरु फर्किन थालेका छन् । घरबाट कार्यथलो फर्किनेहरू बढेपछि कालिपुल बसपार्कमा भीड बढेको छ ।
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् ।
‘बाराही-रानीमार्ग’ खण्डमा कालोपत्र
जिल्लाको ब्यास नगरपालिका-११ मा सञ्चालित ‘बाराही-रानीमार्ग’ सडकको कालोपत्र लक्ष्य अघि नै सम्पन्न भएको छ । वि.सं.२०८० फागुन ११ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले आठ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको हो ।