• २८ वैशाख २०८२, आइतबार

मुस्ताङमा करेन्ट लागेर युवाको मृत्यु

blog

लेखनाथ, जेठ ४ गते। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ घाँसामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ। 

२१ वर्षीय अमर छन्त्यालको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जनकारी दिनुभयो।

बेनी जोमसोम राममार्ग छेउमा घाँस काट्ने क्रममा छन्त्याललाई करेन्ट लागेको थियो। बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लाग्दा घाइते भएपछि उहाँलाई लेते प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।

केन्द्रका पुग्नेबित्तिकै चिकित्सकले छन्त्याललाई मृत घोषणा गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख पाण्डेको भनाइ छ।