• १३ मंसिर २०८१, बिहिबार

सार्वजनिक बिदामा पनि गोरखा प्रशासनबाट सेवा प्रवाह

blog

गुणबहादुर रोका

सुलीकोट, वैशाख २१ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट दिने सबै सार्वजनिक बिदाका दिनमा पनि सेवा दिन लागिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले हस्ताक्षर गरी जारी गरेको सूचनामा नेपाल सरकार गृह मन्त्रालय सिहंदरबार काठमाडौंको मिति २०८०–१०–२१ मा निकालिएको विशेष सूचनाको आधारमा सार्वजानिक सेवा प्रवाह समबन्धमा व्यवस्था भए बमोजिम २०८१ वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक बिदा तथा पर्वहरुमा सेवा प्रवाह हुने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ । 

सार्वजनिक बिदाको दिनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवाहरु प्रवाह हुने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । त्यस्तै २०८१ वैशाख १ गतेदेखि चैत मसान्तसम्म जति पनि सार्वजनिक बिदाका दिनमा जिल्ला प्रशासन कार्यालय गोरखाले सेवा प्रवाह गर्ने सूचनामा भनिएको छ ।