• २० असोज २०८१, आइतबार

आगलागीपीडितका घर युवा सङ्घले बनाउने

blog

बुकमायाँको परिवारलाई सहयोग हस्तान्तरण गर्दै युवा संघ, स्याङ्जा ।

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख १७ गते । बिरुवा गाउँपालिका –६ तल्लो बलेउकी बुकमाया नेपालीले नयाँ घर पाउनुहुने भएको छ । आगलागीका कारण घरगोठ जलेपछि युवा सङ्घ स्याङ्जाले घर बनाइदिने भएको हो । 

युवा सङ्घका अध्यक्ष सुशील खनालले आर्थिक अवस्था अत्यन्त नाजुक भएको र प्राकृतिक विपत्तिका कारण घरविहीन हुनुभएकी बुकमायाँलाई दुईकोठे पक्की घर निर्माण गरेर दुई महिनाभित्र हस्तान्तरण गर्ने तयारी गरेको बताउनुभयो । 

साढे ४ चार लाख रुपियाँ बराबरको स्टिमेट गरिएको बताउँदै खनालले युवा सङ्घमा आबद्ध युवाहरुले श्रमदान गर्ने बताउनुभयो । आगालागीले घर जलेको बुकमायाँको परिवारलाई युवा सङ्घ स्याङ्जाले विभिन्न सामग्री समयोग गरेको छ । 

पाँच जना सदस्य रहेको बुकमायाँको परिवारलाई सङ्घले चामल, दाल, चिनी, नुन तेल लगायतका खाद्यान्न, ओढ्ने ओच्छ्याउने लत्ता कपडा, पकाउने र खाने भाँडाहरु उपलब्ध गराएको छ । बुकमायाँको वैशाख १२ गते राति आगलागीबाट घरगोठ जलेर क्षति भएको थियो ।