• २ जेठ २०८१, बुधबार

लेनदेनमा विवाद : चालकले गरे सहचालकको हत्या

blog

राधाकृष्ण डुम्रे
वालिङ, वैशाख १७ गते ।
स्याङ्जामा ट्याक्टर चालकले सहचालकको हत्या गरेका छन् ।

दाङको राप्ती गाउँपालिका–३ घर भई वालिङ नगरपालिका–१३ मा बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरले सहचालक २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ग १ त ६०९२ नम्बरको ट्याक्टरमा सँगै काम गर्ने मजदुरहरु बिच गएराती लेनदेनको विषयमा विवाद भएको थियो । विवादका बिच चक्कु प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

स्थानीय मुक्ति सारूको घरमा डेरा गरी बस्ने दुबै जनाको घर दाङको राप्ती गाउँपालिका–३  मा नै भएको प्रवक्ता रानाले बताउनु भयो ।

चक्कु प्रहार गर्ने निम बहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।