• १२ असोज २०८१, शनिबार

मिलन युवा क्लब ओरस्टेलाई उपाधि

blog

उपाधि विजेता टोली । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख ३ गते । अर्जुन चौपारी गाउँपालिका–६ बजारमारा खेल मैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि मिलन युवा क्लब ओरस्टेले जितेको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा आयोजना गरिएको प्रतियोगितामा बिरुवा ४ को मिलन युवा क्लबले आयोजक एलाई ३–१ को सेटमा २५–१६, २५–२२, २५–२७, ३६–३४ अङ्कले जितेको हो । 

मिलनले ४५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका हो । उपविजेता आयोजकले २५ हजार रुपियाँमा चित्त बुझाएको हो । तृतीय अर्जुन चौपारी १ को रिठ्ठा झाँक्री युवा क्लबले १५ हजार रुपियाँ  पाएको हो । 

प्रतियोगितामा बेस्ट प्लयेर दीपेश सुनार (बजारमारा), बेस्ट स्पाइकर कृष्ण थापा (ओरस्टे), बेस्ट सेटर अञ्जन विश्वकर्मा (ओरस्टे), बेस्ट ब्लकर राम विष्ट (सिमलचौर) र बेस्ट डिफेन्डर अरुण गुरुङ (बजारमारा) लाई पुरस्कृत गरिएको क्लबका अध्यक्ष अरुण गुरुङले बताउनुभयो । गते चैत्र २४ गतेबाट सुरु भएको पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो ।