राधाकृष्ण डुम्रे
वालिङ, वैशाख ३ गते । स्याङ्जाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
सर्लाहीको मलङ्गवा नगरपालिका–६ घर भई वालिङ नगरपालिका–१ स्थित रणवीर जनहित माविमा इलेक्ट्रिक इन्जिनियरमा अध्ययनरत २० वर्षीय शाह बसको ढोकाबाट खसेको र सोही बसको टायरले किचेको प्रहरीले जनाएको छ ।
यस्तै, घटनाबारे अनुसन्धान भइरहेको छ ।