बागलुङमा दुर्गा प्रसाईँमाथि हातपात
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।
जब ‘झरनाको चिसो पानी’ गुञ्जियो...
झरनाको चिसो पानी... सुकेर जाँदैन, रोकेर रोकिँदैन-२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी... झरनाको चिसो पानी...
संस्कृति संरक्षण गर्न सङ्ग्रहालय निर्माण
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१० मा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । आधुनिकताले मगर पहिचान गुम्न थालेपछि मौलिक कला संस्कृति जोगाउन सङ्ग्रहालय निर्माण गरिएको हो ।
पुतली नाच संरक्षणमा युवाको सक्रियता
बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे–चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ ।
टाइगर कप भलिबल : आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो पटक टाइगर कप भलिबलको उपाधि नजिक पुगेको छ । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब महिलातर्फ पोखरामा जारी पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
स्वमूल्याङ्कनमा सहिदलखन गाउँपालिका जिल्लाको सर्वोकृष्ट
गोरखाका ११ वटा पालिकाहरूमध्ये सहिदलखन गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वोकृष्ट पालिका बनेको छ ।
राष्ट्रिय परिचयपत्रको निःशुल्क फारम
जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्थालाई सहज बनाएको छ ।
काम्लो बेचेर घर खर्च
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्यँुमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आउनुभएको विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्नुहुन्छ । पूर्वी रुकुमको लुकुम गाउँबाट आउनुभएकी विनमायाले गर्मी याममा निर्माण गर्नुभएको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्नुहुन्छ ।
शिक्षा सबैको पहुँचमा पु-याउने योजना छ
आँबुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वार हो । पृथ्वी राजमार्गले यो गाउँपालिकालाई उत्तरतर्फबाट छिचोलेको छ भने गोरखा राजमार्गले पूर्वपट्टिबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यो गाउँपालिकाको विकास
बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण
म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताउनुभयो ।
‘कोरला–त्रिवेणी सडक पहिलो प्राथमिकता’
गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले कोरला त्रिवेणी सडकखण्डको निर्माण प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुुभएको छ । उहाँले प्रदेशको भारतसँग सीमा जोडिने त्रिवेणी नाकासम्म कोरलाबाट प्रदेश राजधानी पोखरा हुुँदै पूर्वी नवलपरासीको बौदीकाली भएर झ्यालबास हुुप्सेकोट भएर निर्माण भएको सडक समयमा पूरा हुँदा प्रदेशको विकासमा योगदान पुुग्ने बताउनुभयो । मुुख्यमन्त्री पाण्डेले सडकको अनुुगमनका व्रmम
पार्किङबाट जिप चोरी गर्ने युवा पक्राउ
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् ।
साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे
अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक
म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङमा रहेको हेम नमुना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा आज पुरस्कृत गरिएको हो ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिन माग
स्याङ्जाको वालिङमा हुन लागेको आठौँ वालिङमा महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरेअनुसार महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गरिने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा
भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो ।
मेश्रम बराह माविको हीरक जयन्ती मनाइँदै
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा वि.सं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ ।
जङ्गल फाँडेर धमाधम घाँसे मैदान बनाइँदै
नवलपुरका बस्तीमा जङ्गली जनावरले आक्रमण गर्न थालेपछि उनीहरूलाई जङ्गलमै रोक्ने विकल्प अघि सारिएको छ ।
ओझेलमा 'माँझकोट'
वालिङ नगरपालिका-३ मा रहेको पर्यटकीय सम्भावनाहरू प्रशस्तै भएपनि उजागर गर्न नसक्दा पछाडि परेका छन् । होमस्टेमार्फत पर्यटनको उजागर गर्न प्रयास भएपनि बुढाकोट राम्चे होमस्टे दर्ता भएर उचित रूपमा सञ्चालन हुन नसक्दा पर्यटन ओझेलमा परेको हो ।
महसुल नतिर्ने पाँच सय १६ ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काट्नुका साथै ७५ लाख ४१ हजार एक सय २६ रुपियाँ असुल गरेको छ ।
नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।
हिउँ नपर्दा भोकमरीको चिन्ता
मङ्सिरदेखि हिउँ पर्न सुरु हुने हिमाली जिल्लाहरूमा यसपालि हिउँ देखिन छाडेको छ । समयमै हिउँ नपर्दा मौसममा परिवर्तन आएको छ । सधैँ हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा अहिले मरुभूमि जस्तै
पैयुँपाटाका विद्यार्थी : पढ्दै पञ्चेबाजा बजाउन सिक्दै
बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्रर छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् ।
चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह
तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो ।