• १८ वैशाख २०८१, मङ्गलबार

पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

blog

बेपत्ता रानाको खोजी गरिँदै । तस्बिर :राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, चैत २७ गते ।
 स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।

मङ्गलबार बिहान ६ जना साथीसहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए । झण्डै दुई घण्टाको खोजबिनपछि बालकको उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धारपछि गल्याङ सामुदायिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।