• २० वैशाख २०८१, बिहिबार

साहित्यकार पंगेनी अस्पताल भर्ना

blog

गजलकार एवम् गीतकार प्रकट पंगेनी ।

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ४ गते । गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ । 

अस्पतालको भेन्टिलेटरमा सोमबारदेखि उहाँको उपचार भइरहेको छ । अस्पतालका अनुसार उहाँको  अवस्था गम्भीर रहेको छ । पंगेनीका साथीसमेत रहनुभएका साहित्यकार तीर्थ श्रेष्ठले उहाँको अवस्था गम्भीर रहेको र उपचारमा सहयोगका लागि रकम सङ्कलन गर्न थालिएको बताउनुभयो । 

पंगेनीको फोक्सोमा सङ्क्रमण भएको छ । श्वास–प्रश्वासमा पनि समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ । पंगेनी पूर्वअध्यक्ष रहनुभएको पोखरेली युवा सांस्कृतिक परिवारले २५ हजार रुपियाँ सहयोग कोषमा जम्मा गरी अन्य दातासँग पनि सहयोगको आग्रह गरेको छ । साहित्यकार पंगेनीका ‘जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरु’ लगायतका कृति प्रकाशित छन् ।