शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, चैत १ गते । पिकअप जिपको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ ।
पाल्पास्थित सिद्धार्थ राजमार्ग हुँदै शनिबार साँझ आर्यभाङ्ज्याङ्बाट बर्तुङ्तर्फ गइरहेको लु १ च ३७४० नम्बरको पिकअप जिपले विपरीत दिशाबाट आएको लु ८४ प ४३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुने माथागढी–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पिकअप जिपको ठक्करबाट गम्भीर घाइते हुनुभएका घर्तीमगरलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि पिकअप जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिनुभयो ।