• २० वैशाख २०८१, बिहिबार

कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ

blog

२० वर्षमै स्थायी शिक्षक बन्न सफल अञ्जना भण्डारी र सुष्मिता रानाभाट । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १ गते । सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको  कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ । २० वर्षीय दुवै जनाले पहिलो प्रयासमै शिक्षक सेवा आयोगले लिएको सबै परीक्षाहरू उर्तीण गरेर स्थायी शिक्षकको नियुक्त पाई शिक्षण पेसा सुरु गरेपछि बधाई र शुभकामना थाप्न  यति बेला भ्याइ नभ्याई छ ।

रानाभाट  ऋषिङ गाउँपालिका–४ भिर कोट र भण्डारी बन्दीपुर गाउँपालिका–३ गहते घर भई हाल सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

मेहनत गर्ने हो पहिलो प्रयासमै र कलिलै उमेरमा नै सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको शिक्षक विजयराज आचार्यले बताउनुभयो । उनी सानैदेखि पढाइमा अब्बल भएको र हाजिरी–जवाफ, वक्तृत्वकला र निबन्ध लेखनमा धेरै पटक प्रथम हुने गरेको आचार्यले जानकारी दिनुभयो । सानै उमेर देखि लगनशील भएर पढ्ने र नबुझेको कुरा शिक्षकलाई जिज्ञासा राख्न नडराउने, हाजिरी जवाफ तथा विभिन्न प्रतियोगितामा भाग लिने स्वभावले गर्दा उहाँलाई सफलता मिलेको शिक्षक आचार्यले बताउनुभयो ।

शिक्षक आचार्यले भन्नुभयो, ‘कलिलै उमेरमा पहिलो प्रयासमा स्थायी शिक्षक भएपछि जताततै चर्चा छ । उहाँहरू दुवै जनाले एसइई सम्म अध्ययन गाउँकै विद्यालयमा गर्नु भएको हो । सुष्मिताले ऋषिङ गाउँपालिका–४ भिर कोटमा रहेको बाल विकास माध्यमिक विद्यालय र अन्जनाले व्यास नगरपालिका–१२ छिर्कने स्थित गाउँमा रहेको सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइई उर्तीण गर्नु भएको हो । बिहान क्याम्पसमा अध्ययन गर्नु पर्ने भएकोले व्यास नगरपालिका रोजेको र छानेकै पालिकामा पाउँदा खुसी लागेको उहाँहरूको भनाई छ ।

सुष्मितालाई व्यास नगरपालिका–१४ स्थित केशव टार माध्यमिक  विद्यालय र अन्जनाले व्यास नगरपालिका–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा व्यास नगरपालिकाले बिहीबार नियुक्ति दिएको छ ।  उहाँहरू दुवै जनाको भविष्यमा माध्यमिक तहमा विज्ञान विषयको शिक्षक हुने सपना रहेको छ । शिक्षक पेसामा सबैभन्दा बढी सम्मान पाइने हुँदा यसलाई रोजेको सुष्मिताले बताउनुभयो । सुष्मिताले भन्नुभयो,  शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुँदै गर्दा एकै पल्टमा पास भइएला र जागिर खाइएला भन्ने लागेकै थिएन अनुभव हुन्छ भने र परीक्षा दिँदा उत्तीर्ण भइयो ।’ शिक्षक पेसा प्रति रुचि भएकोले सानै देखि शिक्षक सेवा आयोगसँग सम्बन्धित किताबहरू अध्ययन गर्ने गरेकोले नाम निकाल्न सजिलो भएको अञ्जनाले बताउनुभयो । अञ्जनाले भन्नुभयो, ‘अनुभव नभएकोले नाम निस्कन्छ जस्तो लागेको थिएन तर सफलता पहिलो पटक मै मिल्दा आफै दङ्ग परेको छु ।’ 

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा उहाँहरू उर्तिण हुनु भएको हो । ठुलाबडा सबैले बधाई दिँदा जिम्मेवारी बढेको अनुभाव भएको अञ्जना बताउनुहुन्छ ।

सानै देखि पढाइमा अब्बल उहाँहरू देशमै केही गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ  । देशमै बसेर काम गर्नुपर्छ भन्नेमा दुवै जना सहमत छन् । साथीहरूले धेरै धन कमाउनु पर्छ विदेश जानुपर्छ भन्ने गरे पनि त्यस प्रति रुचि नजागेको उहाँहरूको भनाई छ । सुष्मिताले भन्नुभयो, ‘पढाई राम्रो छ अमेरिका, अष्ट्रेलिया लगायतका विकसित देशमा ट्राई गर नाम निस्कन्छ भनिरहन्छन्  मलाई भने स्वदेशमै काम गर्ने रहर छ ।’ यस्तै भनाई छ अञ्जनाको पनि । अञ्जनाले भन्नुभयो, धेरै साथीहरूले विदेश जाने उतैको पिआर लिने सपना बोकेका छन् तर मलाई भने आफ्नै देश छोड्ने मन छैन ।’ उहाँहरूसँगै आदिकविमा अध्ययन गर्ने वर्ष २२ की व्यास नगरपालिका –९ गजौडेकी २२ वर्षीय नम्रता गोदारको पनि प्राथमिक तृतीय श्रेष्ठीमा नाम निस्किएको छ ।

नम्रताले आफ्नो गाउँमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा नियुक्ति पाउनु भएको छ । उहाँहरू तीनै जना पढाइमा अब्बल रहेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश बताउनुहुन्छ । तिनै जना मिल्ने साथी र एक अर्काले अध्ययनको लागि सहयोग गर्ने गरेको पाइएको हड्खलेले जानकारी दिनुभयो । दृढ सङ्कल्प लिएर सृजनशील भएर अध्ययन गर्ने हो भने सफलता मिल्छ भन्ने सन्देश प्रवाह भएको क्याम्पस प्रमुख हड्खले बताउनुहुन्छ ।