• १४ मंसिर २०८१, शुक्रबार

गोरखाको लाप्राकमा ढकमक्क फुलेको लालीगुराँस

blog

गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिाका– ४ लाप्राकमा ढकमक्क फुलेको लालीगुराँस । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत १९ गते । 
गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका–४ लाप्राकमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । गोरखा सदरमुकामबाट झण्डै ५० किलोमिटर उत्तरमा पर्ने लाप्राक एक ऐतिहासिक ठाउँ पनि भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको धार्चे–४ लाप्राकका वडा अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो ।

यस सिजनमा बढी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । यसै समयमा हिउँ परेपछि हिउँ खेल्न आन्तरिक पर्यटकहरूको चाँप बढ्ने गरेको छ भने अहिले लाप्राकमा रहेको पुस डाडाँको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यावसायीहरु खुसी भएका छन् । लाप्राकमा स्नेह होटल सञ्चालन गर्दै आउनु भएकी स्नेह गुरुङले पर्यटकले गर्दा प्रायः सबै होटल आन्तरिक पर्यटकले भरिभराउ भएको भनाइ छ ।

जिल्लाको एक मात्र नमुना बस्तीको रूपमा रहेको लाप्राकमा एन आर एन ले नमुना बस्तीको निर्माणले थप पर्यटक आउने वातावरण बनेको गुप्सीपाखा सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिङ गुरुङले जानकारी दिनुभयो ।