• ९ मंसिर २०८१, आइतबार

दुर्घटनामा ज्यान गुमाउने परिवारलाई ५० हजार राहत

blog

गुणबहादुर रोका

सुलीकोट, चैत २१ गते । गोरखा नगरपालिकाले नगरभित्रका विपद्लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु. ५० हजार उपलब्ध गराउने भएको छ । गोरखा नगरपालिाकाको भर्खरै मात्र सम्पन्न भएको नगरसभाबाट पारित भएको ‘नगरपालिकाले विपद व्यावस्थापन कार्याविधि २०८०’ स्वीकृत गर्दै नगरपालिकाले विपद्लगायत अन्य दुर्घटना परी ज्यान गुमाउने नगरवासीको परिवारलाई राहतस्वरुप ५० हजार प्रदान गरिने गोरखा नगरपालिकाका नगरप्रमुख कृष् बहादुर राना मगरले जानकारी दिनुभयो ।

स्वीकृत कार्याविधि अनुसार विपदको घट्नामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु. ५० हजार तथा घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई रु. १५ हजार उपलब्ध गराइनेछ । विपदबाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा रु. २५ हजार, आंशिक क्षति भएमा रु. १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा रु. २० हजार र आंशिक क्षति भएमा रु. १० हजार राहतस्वरुप प्रदान गरिने गोरखा नगरपालिकाले जनाएको छ ।

विपदबाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा क्रमश रु. १०, ७, र ८ हजार दिने व्यवस्था कार्यविधिले गरेको छ । कार्याविधिले नगरपालिकाले कृषिबालीतर्फ हुने क्षतिमा समेत किसानहरुलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । खाद्यान्न र तरकारी बाली, फलफूल तथा अन्य बालीनाली क्षति भएमा प्राविधिक लागत अनुमानका आधारमा बढीमा रु. २० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ, ‘नगरप्रमुख रानाले भन्नुभयो, ‘विपदमा परेर पशुपंक्षी तथा मत्स्यतर्फ कार्यविधिले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ 

स्वीकृत गरेको कार्यविधिमा विपदबाट भैँसी, गाईगोरु मरेमा प्रति गोटा रु. १० हजार, भेडाबाख्रा, बङ्गुर, तथा सुँगुर मरेमा बढीमा रु. ५ हजार व्यावसायिक दर्ता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएमा रु. २० हजार तथा गोठखोर क्षतिभएमा रु. १० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराउने समेत नगरपालिकाले जनाएको छ । 

कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मृत्यु भएका गोरखा नगरपालिकाका ५ जना मृतक र १ जना बेपत्ता भएका व्यक्तिहरुको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख राना मगरले जानकारी दिनुभयो ।