• १२ साउन २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा

blog

राजीनामा बुझाउनुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, चैत २१ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।

विश्वसको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मङ्गलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गर्नुभएको थियो । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ ।

गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ । यहाँ सरकार गठनका लागि राप्रपा निर्णायक छ । राजीनामा बुझाएपछि पाण्डेले आफूले सुशासन र विकासका लागि काम गरेको र प्रक्रिया अनुसार फेरि सरकार गठनको पहल गर्ने उल्लेख गर्नुभयो ।