• १२ साउन २०८१, शनिबार

ट्रान्स हिमालय एड्भेन्चरका राइडर मुस्ताङ प्रस्थान

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत २१ गते । सहासिक खेल अन्तरगत मोटरसाइकल राइडीङ्मा ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली म्याग्दीको सदरमुकाम बेनीहुँदै मुस्ताङ तर्फ प्रस्थान गरेका छन् । काठमाडौंबाट हिमाल पारीको जिल्ला मुस्ताङ तर्फ प्रस्थान गरेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले म्याग्दीको सदरमुकाम बेनीमा स्वागत तथा बिदाई गर्नुभएको थियो । बेनीमा स्वागत गरी मुस्ताङ तर्फको यात्राका लागि बिदाई गर्नुभएको हो ।

हिमालपारीको जिल्ला मुस्ताङ सम्मको यात्रामा निस्केको टोलीले हिमाली जिल्ला म्याग्दीको समेत पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने महासचिव जिसीको भनाई छ । यात्रामा निस्किएको टोलीलाई स्वागत गर्नुका साथै  यात्राको क्रममा कुनैपनि समस्या परेमा सहजीकरण गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनु भएको थियो । सहासिक तथा पर्यटकीय खेल गतिविधि मार्फत म्याग्दी जिल्लालाई समेत नेपाली र भारतीय राइडरहरुको टोलीले सघाउने अपेक्षा गरिएको जिसीको भनाई छ । राष्ट्रिय खेलकुद परिषदले सहासिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि सहासिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अवस्थामा टोलीले म्याग्दी र मुस्ताङको सडक तथा सहासिक यात्राका सन्देश समेत प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी हुने र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ । 


जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजक नासा नेपालले जनाएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको टोलीका प्रतिनिधि गोविन्द भट्टराईले बताउनुभयो । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो । टोलीले भविष्यमा पनि म्याग्दीलाई छुटै प्याकेज बनाएर सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएको छ ।