सिद्धबाबा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान
टोपलाल अर्यालरेसुङ्गा, चैत २८ गते । गुल्मीको सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेसँगै अझै नवीनतम काम गर्नुपर्ने चुनौती थपिएको छ । गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयमा आधारभूत पक्ष राम्रो भए पुग्छ । तर, अन्तर्राष्ट्रिय गुणस्तर भएको प्रमाणपत्र प्राप्त गर्न अझै महत्त्वपूर्ण ३० सूचक पुरा गर्नुपर्ने भएकाले आफूहरू गम्भीर भएर विद्यालय सुधारको पक्षमा काम गर्ने सिद्धबाबा माविका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो । अबको सूचकहरू भनेको विद्यालयको भौतिक पक्षसँगै रिजल्टसँग सम्बन्धित भएकाले चुनौतीसँग अवसर पनि रहेको श्रीसले बताउनुभयो । ग्लोबल क्वालिटी काउन्सिल काठमाण्डौले गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारी मार्फत विद्यालयलाई चिन्ह प्रदान गरेको थियो । काउन्सिलले दिएका ५० सूचक मध्ये २० वटा सूचकमा काम भएपछि चिन्ह प्रदान गर्ने गरिएको छ । शिक्षा, स्वास्थ्यसँगै स्थानीय तहमा समेत काम काउन्सिलले काम गरिरहेको ग्लोबल क्वालिटी काउन्सिल काठमाडौँको आइएसओ प्रतिनिधि तथा तालिम संयोजक नारायण प्रसाद दवाडीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्हले कामको प्रारम्भ मात्रै हुने भएकाले ८० प्रतिशत सूचक पुरा भएपछि प्रमाणपत्र प्रदान गरिने दवाडीले बताउनुभयो । उहाँका अनुसार विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, विद्यालय र आइएसी लोगोको प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालिन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माणको अवस्थाको मूल्याङ्कन हुने गर्दछ । साथै सफा खानेपानी र कार्यालय व्यवस्थापन प्रारम्भिक सूचक हुन् । आफूहरूले नियमित रूपमा अनुगमन, सीप, तालिम र मार्गदर्शन दिएपछि विद्यालयले प्रमाणपत्रको लागि माग गर्ने दवाडीले बताउनुभयो । उहाँले जिल्लामै पहिलो पटक सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेको जानकारी दिनुभयो । बिस २०४३ सालमा स्थापना भएको सिद्ध बाबा माविमा एक हजार ५५० विद्यार्थी रहेका छन् । विद्यालय शिक्षक र स्टाफ गरेर ७० जना रहेको विद्यालयका छन् ।
प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित बर्दियाका कृषक
बर्दिया जिल्लाका कृषक प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित हुँदै गएका छन् ।
लुम्बिनी कपमा आठ टोली
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीको सहभागिता रहने भएको छ ।
गुल्मीमा नेकपा एसको नयाँ नेतृत्व
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। जिल्लाको सदरमुकाम तम्घासको बालमन्दिरमा सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा राम मल्ल ठकुरी सर्वसम्मत निर्वाचित हुनुभयो।
लुम्बिनी र सुदूरपश्चिम जोड्ने चिसापानी पुलको मर्मत गरिने
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ ।
गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानको माग राख्दै आन्दोलनको घोषणा
गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः नियमित सुचारुको माग राख्दै संयुक्त रूपमा आन्दोलनको घोषणा गरिएको छ ।
अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनुभएको छ ।
जयन्दु बाल सुधारगृहलाई सुधार गर्ने पहल सुरु
पटक पटक बालबन्दीहरूबिच विवाद, कुटाकुट र झडप हुँदा अस्तव्यस्त र अशान्त बन्दै आएको बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहको सुधारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले पहल सुरु गरेको छ ।
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग
भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
राप्ती नदी तटबन्धको ५० प्रतिशत काम सकियो
राप्ती नदी तटबन्धका लागि ढुङ्गा व्यवस्थापन चुनौती बनेको छ । वर्षाको समयमा राप्ती नदीले बस्तीमा गर्ने डुबान र कटानबाट सुरक्षित गर्नेगरी भइरहेको तटबन्धमा ढुंगाको अभाव देखिएको हो ।
आठ महिनामा सात अर्ब २८ करोड राजश्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्ममा सात अर्ब २८ करोड ६४ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा
नेवार समुदायको संस्कृति जोगाउन तानसेनका युवा सक्रिय भएका छन् । नेवार समुदायमा रहेको मौलिक संस्कृति पछिल्लो समय हराउँदै गएपछि यहाँका युवाले विभिन्न पर्व, मेला तथा महोत्सव आयोजना गरी संस्कृति संरक्षण गर्न थालेका हुन् ।
सचेतनाका लागि बाल मेला
निस्दी गाउँपालिकामा बाल अधिकार र बालविवाहको बारेमा सचेतना जगाउन वडा तहमा बालमेला सुरु भएको छ ।
प्रधानमन्त्रीले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्नुहुने
प्रधानमन्त्रीले केपि शर्मा ओलीले आज पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ ।
शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएको हो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएकाले शिक्षकका समस्या अबिलम्ब पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
डढेलो नियन्त्रण गर्न वन समूहले सुरु गरे अभियान
रुपन्देहीमा गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो तथा आगलागीका घटनाबाट हुन सक्ने क्षति नियन्त्रण गर्न जनचेतनामूलक अभियान सुरु भएको छ ।
‘वनलाई करको दायरामा ल्याउनु पर्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व सङ्कलन हुन नसकेकोप्रति गम्भीर समीक्षा गरिनुपर्ने बताउनुभएको छ ।
बाघको मुखबाट बाँचेका थारू बाघ संरक्षणमा
बाघको आक्रमणमा परेर पनि ज्यान जोगाएका बर्दियाका भदै थारू अहिले बाघ संरक्षणकै अभियानमा सक्रिय हुनुभएको छ । विसं २०६० पुस २२ गते बर्दियाको मधुवन नगरपालिका–३ स्थित गौरी महिला सामुदायिक वनमा खरखडाइको निगरानी गर्न अध्यक्ष थारू सामुदायिक वनभित्र पस्दा बाघले आक्रमण गरेको थियो ।
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
किसानको सोच बदल्ने कृषि आयोजना
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको ज्यादती धेरै पटक भोगेका छौँ ।”
विमानस्थल चल्न नदिने अदृश्य शक्ति कुन हो ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र असन्तुष्ट बनेको छ । निजी क्षेत्रका चार वटा संस्थाले संयुक्त विज्ञप्ति निकालेर कुन अदृश्य शक्तिले विमानस्थल चल्न नदिएको हो ? भन्दै प्रश्न गरेका छन् ।
सरकारका कामको प्रचार गर्न हामी तयार छौँ : महामन्त्री थापा
उहाँले प्रधानमन्त्री र मन्त्री नबोलेरै काम गरे आफूहरु सरकारका कामको प्रचार गर्न तयार रहेको बताउनुभयो।
पूर्वी रुकुम महोत्सव सुरु
रुकुमपूर्वको सदरमुकाम रहेको सिस्ने गाउँपालिका-६ छिप्रिदह रुकुमकोटमा महोत्सव सुरु भएको छ ।