एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताउनुभएको छ ।
आदिवासीलाई १८ प्रतिशत कोटा छुट्टयाइएको छः स्वास्थ्यमन्त्री मगर
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले लुम्बिनी सरकारले आदिवासीलाई निजामतीमा १८ प्रतिशत कोटा छुट्टयाइएको बताउनुभएको छ ।
नेपालगन्जमा भ्रष्टाचारका ३७५ उजुरी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म भ्रष्टाचार र अनियमितताका ३७५ वटा उजुरी परेका छन् ।
पत्रकार रजकको हत्यामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई बाँके महासङ्घको आग्रह
नेपाल पत्रकार महासङ्घ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीद्वारा बुटवलमा जागरणसभालाई सम्बोधन
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजित जागरणसभालाई सम्बोधन गर्नुहुँदै छ ।
प्युठानका सबै वडामा केन्द्रीय विद्युत् विस्तार
प्युठानका ९ स्थानीय तहका ६४ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुच पुगेको छ । नौ बहिनी गाउँपालिका–१ स्याउलिबाङमा प्रसारण लाईन विस्तार भएसँगै जिल्लाका सबै वडामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको हो ।
फोनिजको आठौँ सङ्घीय महाधिवेशन सुरु
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आठौँ सङ्घीय महाधिवेशन उद्घाटन सत्र लुम्बिनीमा सुरु भएको छ ।
संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठुला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले सोही अनुसार काम भइरहेको बताउनुभएको छ ।
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।
मुक्त कमैयाको पीडा: जग्गाको पोत तिर्छन् तर स्रेस्ता कायम हुँदैन
सन्तोष दहितदाङ, चैत २९ गते । दाङको राप्ती गाउँपालिका–२, मुक्तिनगरका मुक्त कमैया डिल्ली चौधरीले मालपोत तिर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो । उहाँले हरेक वर्ष स्थानीय तहमा गएर भूमि कर तिर्नुहुन्छ । तर दुई दशक बित्दा पनि मालपोत कार्यालयले जग्गाको स्रेस्ता कायम गरिदिएको छैन । “मालपोत कार्यालय र नापी शाखा धाउँदा धाउँदै थाकिसकेँ, अझै स्रेस्ता कायम भएको छैन,” उहाँले भन्नुभयो ।सरकारी कर्मचारीले स्रेस्ता कायम नगरी वर्षौँदेखि झुलाइरहेको उहाँले गुनासो गर्नुभयो । उहाँले २०५७ सालदेखि जग्गा भोग चलन गर्दै आएको बताउनुभयो । उहाँले २०५८ सालमा पाँच कट्ठाको जग्गाधनी प्रमाणपत्र पाउनुभएको थियो ।यस्तै कमलप्रसाद कुमालको पनि समस्या उस्तै छ । उहाँ पनि बर्सेनि मालपोत त तिर्दै आउनुभएको छ, तर उहाँको नाममा स्रेस्ता कायम हुन सकेको छैन । “जति पटक गए पनि काम हुँदैन, रित्तो हात फर्काउँछन्,” कुमाल गुनासो गर्नुभयो ।डिल्ली र कमलप्रसाद त उदाहरण मात्रै हुनुहुन्छ । मुक्तिनगरका १६ मुक्त कमैया परिवारको साझा समस्या यही हो । दुई दशकदेखि जग्गाको स्रेस्ता कायम गर्न सदरमुकाम धाइरहेका छन् । तर जति कोसिस गर्दा पनि केही सीप नलागेको उहाँहरूको गुनासो छ ।सरकारले २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा गरेपछि जमिनदारको घरबाट मुक्त गराउँदै सामुदायिक वन क्षेत्रको सरकारी जग्गामा बसोबासको व्यवस्था गरेको थियो । त्यही क्रममा राप्ती गाउँपालिका–२ स्थित कालिका सामुदायिक वनको जग्गामा संयुक्त बस्ती बनाएर १२६ परिवारलाई बसालेको थियो ।प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा पाएका थिए। त्यसपछि भूमि सुधार तथा व्यवस्था मन्त्रालयले गठन गरेको मुक्त कमैया पुनः स्थापनाका लागि गठित जग्गा दर्ता समितिले जग्गाको प्रमाणपत्र पनि दिएको थियो । २०५८ जेठ १० मा उनीहरूले जग्गाधनी प्रमाणपत्र पाएका थिए ।त्यसका आधारमा उनीहरूले हरेक वर्ष मालपोत पनि तिर्दै आएका छन् । १२६ मध्ये ११० परिवारको स्रेस्ता कायम पनि भएको छ । बाँकी १६ परिवारको भने अहिलेसम्म स्रेस्ता कायम गराउन नसकिएको मुक्त कमैया समाज, दाङका अध्यक्ष हरिशचन्द्र चौधरी बताउनुभयो । “मालपोत कार्यालय विभिन्न बहानामा जग्गा स्रेस्ता कायम गर्न आलटाल गरिरहेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो ।
गुल्मीमा हावाहुरीले ३० बढी घरको छाना उडायो
टोपलाल अर्यालगुल्मी, चैत २९ गते । गुल्मीमा बिहीबार पानीसँगै चलेको हावाहुरीले ३० बढी घरको छाना उडाएको छ । बुधवार र बिहीबार वर्षा र चट्याङ्गसहित चलेको हावाले ३० घरसङ्गै विद्यालय र सहकारीलाई क्षति पुराएको छ । ३६ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गङ्गा बहादुर सारूका अनुसार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दबास बस्ने कृष्ण विष्ट र देवकला महतको घरको छाना उडाएको छ । त्यस्तै धुर्कोट गाउँपालिका–४ का पूर्ण प्रसाद पाध्याको घर, अरुण गैरेको होटल, धुर्कोट गाउँपालिका–५ का इश्वर सुनार, गिर बहादुर पुन मगर, गोरे बहादुर सार्की, तुल्सा भण्डारी, तेज बहादुर घर्ति, फर्सुराम पचभैया मगरको घरको छाना हावाले उडाएर क्षति गरको सारुले जानकारी दिनुभयो । त्यस्तै मालिका गाउँपालिका–४ अर्खाबाङ्गका सुरेश अर्याल, शिवलाल अर्याल, जमुना लम्साल, हिरालाल अर्याल, अरुण बुढा मगर, खिम बहादुर घर्ति, थमने कामी र सिता अर्याल घरको छाना हावाले उडाएको छ । मालिका गाउँपालिका–२ का अगुना रविन्द्र विश्वकर्माका अनुसार रिमा घर्ति, कविराम विक र फुलमाया विकको घरको छाना उडाएको छ । त्यस्तै अर्खाबाङ्ग माविको कम्प्युटर ल्याब, पुस्तकाले र शौचालयको छाना हावाले उडाएको छ । जसको कारण ठूलो क्षति भएको छ । सोही वडाकै अर्खाबाङ्ग कृषि तथा महिला सहकारीको भवन पनि हावाले उडाएर क्षति गरेको अर्यालले बताउनुभयो । कालिगण्डकी गाउँपालिका–३ का रुक बहादुर श्रीस, सन्तकली राना र लालबिर रानाको घरको छाना उडाएको प्रहरीले जनाएको छ । हावाले मध्यरातमा घरका छाना उडाएपछि पीडित परिवार बिचल्लीमा परेका छन् । रातको समयमा हावाहुरि र चट्यांङ्गले ज्यान जोगाउन समेत मुस्किल परेको पीडित मालिका गाउँपालिका–४ का सुरेश अर्यालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पालिकाहरु मार्फत पीडित व्यक्तिहरुको आधिकारीक विवरण र क्षतिको अवस्था माग गरेकाले प्राप्त भएपछि राहतको लागि तीनै तहकार सरकारलाई आग्रह गर्ने बताउनुभयो । उहाँले आफूहरूसँग छुट्टै स्रोत नभएकाले पालिकाहरुलाईनै आग्रह गर्ने अवस्था रहेको बताउनुभयो ।
रोल्पामा चट्याङ एकको मृत्यु, दुई घाइते
रोल्पामा छुट्टाछुट्टै चारवटा चट्याङका घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन ।
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति
गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।
भूकम्पको जोखिममा रहेका १५१ आवासीय घरको बीमा
भूकम्पको अत्यधिक जोखिममा रहेका नेपालगन्ज उपमहानगरका दुई वटा वडाका पुराना र जिर्ण अवस्थामा रहेका १५१ वटा आवासीय घरको बीमा गरिएको छ ।
हावाहुरीले गुल्मीका छ स्थानमा क्षति
गुल्मीमा बुधबार रातिको हावाहुरीले विभिन्न स्थानमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हालसम्मका विवरण अनुसार यस जिल्लाका विभिन्न छ स्थानमा क्षति पुर्याएको हो ।
हावाहुरीले लाखौँको क्षति, तानसेन महोत्सव स्थगित
हावाहुरीसँगै आएको वर्षाले पाल्पाका विभिन्न स्थानमा क्षति पुर्याएकाे छ । चैत २२ गतेदेखि जिल्ला सदरमुकाम तानसेनमा सञ्चालित दोस्रो तानसेन महोत्सव स्थगित भएको छ।
पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा
गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ । रामपुर नगरपालिका–६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ ।
हावाहुरीले पोल ढलेपछि बाँकेमा विद्युत सेवा अवरुद्ध
बाँकेमा बुधबार राती आएको भिषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युतका पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा बुधवार रातीबाटै अवरुद्ध भएको छ ।
गुल्मी महोत्सव सात दिन पछि सर्यो
रमेश विश्वकर्मागुल्मी, चैत २८ गते । गुल्मीको सदरमुकाम तम्घासमा शुक्रवार (भोलि) देखि हुने भनिएको दोस्रो गुल्मी महोत्सव आगामी वैशाख पाँच गतेबाट सुरु हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार’’ भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर – २ नुनथलामा महोत्सव गर्न लागिएको हो । यस जिल्लाका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले जानकारी दिनुभयो । वैशाख १७ गतेसम्म चल्ने यस महोत्सवबाट जिल्लाको आर्थिकलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रचारप्रसारसँगै उत्पादनको प्रवर्द्धन गरिने बताइएको छ । यसअघि वैशाख १२ गतेसम्म महोत्सव सञ्चालन गर्ने भनिएको थियो । विविध प्राविधिक कारणले महोत्सवलाई सारिएको आयोजकले जनाएको छ । महोत्सवलाई सफल बनाउन निकै क्रियाशील भएर सबै लागिएको छ । महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा विभिन्न संस्कृति र झाँकीसहित जिल्लाका स्थानीय खानालाई समेत प्रचार प्रसार गरिनेछ । स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दिनहुँ प्रस्तुति बताइएको छ । महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा छुट हुनेछ । त्यसै गरी फेन्सी व्यवसायी सङ्घलाई पाँच वटा स्टल निःशुल्क र २० वटा स्टल ८० प्रतिशत छूटमा उपलब्ध गराउने सहमति भएको छ । महोत्सवमा दुई सयभन्दा बढी स्टलहरू रहनेछन् । महोत्सवबाट ३० करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको भने डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रति व्यक्ति सय रुपियाँ प्रवेश शुल्क तोकिएकोमा विद्यार्थीको लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध हुनेछ । अपाङ्ग, ज्येष्ठ नागरिक र पाँच बर्सभन्दा मुनिका बालबालिकाको लागि महोत्सव अवलोकन गर्न शुल्क नलाग्ने बताइएको छ ।
कम्प्युटर अपरेटरसहित चार जना अख्तियारको फन्दामा
लक्ष्मी तिमिल्सेनाजमुनाह, चैत २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई बुधवार नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । ठाकुर सहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी अखितयारले नियन्त्रणमा लिएको हो ।उनीहरू चार जनाले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रूपमा खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।उनीहरूले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
दुर्घटनामा असईको मृत्यु
ज्योति पन्थीबबई(बर्दिया) २८ गते । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सहायक प्रहरी निरीक्षक टोप बहादुर बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेका बस्नेत बुधवार नेपालगन्जबाट गुलरिया आउँदै गर्दा गुलरिया नेपालगन्ज सडक अन्तर्गत हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । बस्नेतले चलाएको मोटरसाइकल टयाक्कटरको ट्रलीमा ठोकिएर घाइते भएको र उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटो मानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो । बस्नेत फरार अभियुक्त खोज्ने क्रममा बाकेको पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
नमुना विद्यालयकै नतिजा कमजोर
घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नतिजा कमजोर देखिएको हो ।
पानी किन्नुपर्ने बाध्यता अन्त्य हुँदै
दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएका गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को माथिल्लो बस्तीका स्थानीयले यो वर्षदेखि राहत पाउने भएका छन् ।
हुलाकी सडक अलपत्र, निर्माण व्यवसायीलाई सातदिने सूचना
हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ ।