• ५ वैशाख २०८२, शुक्रबार

फोनिजको आठौँ सङ्घीय महाधिवेशन सुरु

blog

फोनिजको आठौँ सङ्घीय महाधिवेशन उद्घाटन गर्नुहुँदै सञ्चार पृथ्वीसुब्बा गुरुङ । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, चैत २९ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आठौँ सङ्घीय महाधिवेशन उद्घाटन सत्र लुम्बिनीमा सुरु भएको छ ।

फोनिजका सङ्घीय अध्यक्ष गजुरधन राइको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सञ्चार सङ्गठनको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । महाधिवेशनमा देशभरबाट ५१७ जना प्रतिनिधि तथा प्रर्यवेक्षकहरूको उपस्थिति रहेको फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले जानकारी दिनुभयो ।

समृद्धिको आधार पूर्ण समावेशीको सञ्चार भन्ने मुल नारासहित भइरहेको दुई दिने महाधिवेशन उद्घाटन सञ्चारमन्त्री गुरुङले पानस बत्तीमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। 

भोलीसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।