• ५ वैशाख २०८२, शुक्रबार

आदिवासीलाई १८ प्रतिशत कोटा छुट्टयाइएको छः स्वास्थ्यमन्त्री मगर

blog

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगर फोनिजको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, चैत २९ गते ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले लुम्बिनी सरकारले आदिवासीलाई  निजामतीमा  १८ प्रतिशत कोटा छुट्याइएको बताउनुभएको छ ।

शुक्रबार लुम्बिनीको बुद्धभूमिमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आठौं सङ्घीय महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै लुम्बिनी सरकार आदिवासी जनजातिहरुको हितमा हुने गरी काम गर्दै आएको बताउनुभयो ।

लुम्बिनी सरकारले नेपालको कानुन अनुसार पूर्ण समावेशी ध्यान दिएर काम गरिरहेको समेत बताउनुभयो । आदिवासी जनजातिका मातृ भाषा, साहित्यको प्रवर्धनका लागि प्रदेश सरकारले लुम्बिनीका आदिवासी जनजाति थारू र मगरको भाषालाई सरकारी कामकाजी भाषा बनाउने तयारीमा रहेको बताउनुभयो । त्यसका लागि भाषा आयोग र सम्बन्धित समुदायका अगुवाहरुसँग छलफल भइरहेको समेत बताउनुभयो ।