गरिब र असहाय बालबालिकालाई आवासीय शिक्षा निःशुल्क
प्यूठानको माण्डवी गाउँपालिका ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना
गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते हुनुभएको छ । उहाँको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ ।
गर्मी छल्न स्वर्गद्वारीमा आउन थाले पर्यटक
बाह्रै महिना चिसो हुने जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा अहिले पर्यटकहरु आउने क्रम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै नेपाल विभिन्न ठाउँ र भारतबाट आउने तीर्थयात्री बढेका छन् ।
प्राथमिकतामा छैन दमकल सेवा
बाँकेका कतिपय स्थानीय तहमा आगलागी भयो भने तत्काल आगो निभाउन सकिने अवस्था छैन ।
‘प्राविधिक विश्वविद्यालयलाई जग्गा दिइने’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल
लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
गुल्मी कांग्रेसले १२ जना उद्यमीलाई सम्मान गर्दै
नेपाली कांग्रेस गुल्मीले १२ जना युवा र शिक्षा क्षेत्रमा उत्कृष्ट तीन जनालाई सम्मान गर्ने भएको छ । मङ्गलबार गुल्मीमा सुरु हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट १२ र शिक्षा क्षेत्रमा उत्कृष्ट तीन जनालाई सम्मान गर्ने भएको हो ।
आजदेखि कांग्रेस गुल्मीको तेस्रो सम्मेलन सुरु
नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि सम्मेलन सुरु हुँदै छ । मङ्गलबारदेखि सुरु हुने सम्मेलनमा उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा हुने सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो । सम्मेलन गुल्मीको तम्घासमा हुने छ ।
लोकभजन अभियान सार्थक
लोप हुँदै गएको लोकभजन संरक्षण गर्न एक वर्षअघि सुरु गरिएको अभियान सार्थक बनेको छ ।
सडकमै खानाका परिकार
सडकमा हिँड्ने बटुवा तथा आगन्तुकलाई विभिन्न जातजाति तथा समुदायमा प्रचलित रैथाने खाना खुवाउन ‘सडक खाना महोत्सव’ गर्ने क्रम बढेको छ ।
अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न माग
नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सञ्चालनको वातावरण बनाउन माग गर्नुभएको छ ।
मकै खेतीबाट तेब्बर आम्दानी
तीन वर्षअघि कृषि समूह गठन गरी मकै खेती सुरु गरेका बुटवल उपमहानगरपालिका–१४, सेमलार र मोतीगन्जका किसानले लगानीको तेब्बर आम्दानी गर्न सफल भएका छन् ।
भालुवाङमा पुरुषको शव फेला
दाङको राप्ती गाउँपालिका –१ भालुवाङस्थित राप्ती नदीमा एक पुरुषको शव फेला परेको छ । उक्त शव पूर्वी नवलपरासी निवासी अन्दाजी ५५ वर्षिय गंगाप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रवि लामिछाने रूपन्देही कारागार चलान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ ।
प्राध्यापकले लगाए क्याम्पसमा ताला
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आन्दोलनरत आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुख लालमणी आचार्यको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन्।
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् ।
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक, घोषणामै सीमित
विसं २०७९ चैत १ गतेदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबिच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।
नेटुवा समुदायको परम्परागत सिपलाई व्यावसायिक बनाइने
कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायहरूको परम्परागत सिपलाई व्यावसायिक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ ।
गुल्मीमा ४८.६ प्रतिशतले गराए स्वास्थ्य बिमा
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।
मातृ तथा शिशु मृत्युदर घटाउन अभियान
लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो ।
खानेपानी आयोजना अलपत्र
बजेट अभावमा करिब पाँच दर्जन खानेपानी आयोजना बर्सौंदेखि अलपत्र परेका छन् ।
एकीकृत नमुना बस्तीमा झाडी
गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनीकी माया विश्वकर्मा नमुना बस्तीमा चार/पाँच महिना मात्रै बस्नुभयो । घर पाउँदा खुसी नहुने कुरै भएन तर बारी पुरानै गाउँमा थियो । सहरमा जस्तै घरमा मात्रै बसेर मायालाई पुग्थेन ।