राजमार्ग बन्द हुने
मदन भण्डारी राजमार्गको रिडी तम्घास सडकखण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ ।
दुई किमी सडक चार वर्षमा पनि बनेन
सरावल गाउँपालिकाको केन्द्र जोड्ने पहुँचमार्गको निर्माण पूरा हुन नसक्दा यात्रुलाई समस्या भएको छ । परासी–नारायणचोक हुलाकी सडकखण्डको भिमटाँडीदेखि सरावल गाउँपालिकाको केन्द्रसम्म पुग्ने जम्मा दुई किमी १०० मिटर लामो सडकको काम चार वर्ष पूरा हुन लाग्दा पनि पूरा भएको छैन ।
प्रयोगशाला विनानै पानी उद्योगमा सञ्चालन
तुलसीपुर, चैत २२ गते । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो । तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन दिएको कार्यालयका सूचना अधिकारी विवेककुमार सुवेदीले बताउनुभयो । “हामीले जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन गर्यौँ”, उहाँले भन्नुभयो, “तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौँ ।” सूचना अधिकारी सुवेदीका अनुसार प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यताप्राप्त प्रयोगशालाबाट गराउनुपर्ने कुरा उल्लेख छ । तर, यसमा पानी उद्योगले ख्याल नगरेको उहाँको भनाइ छ । “उद्योगहरुले ‘आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै बजार पठाउने गरेका छन् । तर, उपकरणमा केही समस्या आएमा त्यो पानी शुद्ध छ की छैन, भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन”, सूचना अधिकारी सुवेदीले भन्नुभयो । जिल्लामा हाल १२ पानी उद्योग सञ्चालनमा छन् । तीमध्ये तुलसीपुर–९ स्थित ‘भद्रकाली ड्रिङ्किङ वाटर’ले प्रयोगशाला सञ्चालनमा ल्याएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ती सबै उद्योगलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन दिइएको उहाँले बताउनुभयो । जिल्लामा २० पानी उद्योग दर्ता छन् ।
भुइँ ऐँसेलुको व्यावसायिक खेती
गत वर्ष परीक्षणका रूपमा मात्र भुइँ ऐँसेलु (स्ट्रबेरी) खेती गरेका यहाँका एक कृषकले अहिले व्यावसायिक उत्पादन थालेका छन् ।
अब प्रतिगमनलाई जनताले स्वीकार गर्दैनन् : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ।
बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित
बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो ।
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पुनः थालिएको बताउनुभएको छ ।
‘स्वास्थ्य बिमालाई व्यवस्थित गरौं’
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्यायका आधारमा व्यवस्थित गर्नुपर्ने बताइएको छ । तम्घासमा आयोजित गुल्मी अस्पतालको सेवा प्रवाहको गुणस्तर सुधारका लागि भएको छलफलमा सहभागीहरूले यस्तो बताएका छन् ।
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो
विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन ।
राप्ती नदी कटान नियन्त्रणका लागि ५० लाख विनियोजन
बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
गुल्मीको राष्ट्रिय अनुसन्धान आफ्नै भवनमा
गुल्मीमा स्थापना भएदेखि बल्ल राष्ट्रिय अनुसन्धान कार्यालयले आफ्नै भवन पाएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आवश्यक : पूर्वमन्त्री खनाल
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
सिराज खान नेपालगन्ज, चैत २१ गते । बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज नामको हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका माउतेको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार खड्वार हात्तीसारमा बुधवार राती घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगज नामक हात्तीले थारुलाई आक्रमण गरेको हो । वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो–‘हात्तीले पहिला सूँडले हानेर माउतेलाई पछार्यो, त्यसपछि किचेर मार्यो ।’ बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार थारुले २०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्दै आउनुभएको थियो । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट लिएर आउनुभएको थियो । ‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केही दिन देखिहात्तीको मात चढेको सङ्केत देखिरहेको थियो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले थप्नुभयो ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’ हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उहाँको शव पोस्टमार्टम पश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । माउते थारुलाई आक्रमण गर्ने हात्तीलाई अहिले नियन्त्रणमा राखिएको बाँके निकुञ्जले जनाएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौँ,’ संरक्षण अधिकृत कँडेलले भन्नुभयो । गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको तर त्यस बेला उनी जोगिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पाँच करोड भारु फिरौती माग्ने क्षेत्री कोहलपुरबाट पक्राउ
आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
खानेपानीको जोहो
दाङ, चैत २१ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय घरदेखि एक घण्टा टाढाबाट मूलको पानी ल्याउँदै । तस्बिरः रासस
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।
गौतम बुद्धको मावली गाउँमा महोत्सव
गौतम बुद्धको मावली गाउँ रुपन्देहीको ऐतिहासिक क्षेत्र देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गल पुष्करिणी दहमा धार्मिक महोत्सव गरिने भएको छ ।
क्युआर कोडबाटै निवेदन र उजुरी
प्रहरी कार्यालयमा निवेदन तथा उजुरी लेख्न पर्यो भने पाँच सयदेखि दुई हजार खर्च हुन्थ्यो । लेखनदास वा वकिलबाट निवेदन लेख्दा मोटो रकम तिर्नु पथ्र्यो ।
रिडी तम्घास सडक एक महिना बन्द हुने
तिलाचन पाण्डेतमघास, चैत २१ गते । मदन भण्डारी राजमार्गको रिडी तम्घास सडक खण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ । उक्त सडक खण्डको ठुलढुङगा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने,ग्रेड मिलाउने कार्यका लागि यहि चैत २३ गतेदेखि वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीका प्रमुख इन्जिनियर रमेश चौधरीले जानकारी दिनुभयो । यस समय अवधिमा वैकल्पिक सडकहरू प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ । उक्त सडकको विकल्पमा पानी ट्याङकी थोर्गा,स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, पिपलनेटा दिगाम हुँदै रिडी, लुम्छा, धरमपानी,दिगाम हुँदै रिडी र घुम्ती, चारपाला,खरज्याङ हुँदै रिडी सडक खण्ड प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ । यसका साथै आवश्यक सहयोग गरि दिनका लागि उक्त क्षेत्रका स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायतलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।
थारू सांस्कृतिक सङ्ग्रहालयमा चहलपहल
कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरीमा थारू सङ्ग्रहालय निर्माण भएपछि स्थानीय पर्यटकको चहलपहल बढेको छ । थारू सभ्यता, रहनसहनको संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण भएपछि अवलोकनकर्ता यसतर्फ आकर्षित बनेका छन् ।
बाइस वर्ष कुरेपछि कुशको शव
एकाबिहानै रामदुलारीको घरमा भिड बढ्दै थियो । केहीले हरियो कुशमा साबुन लगाएर नुहाउँदै (धुँदै) थिए । केही युवाले बाँस काटेर खट (शव लैजान प्रयोग गरिने साधन) बनाउँदै थिए । कुश धोईपखाली भित्र लगेपछि रुवाइको आवाज सुनियो ।
सरकारले जनताको विश्वास जित्नुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अब जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ। महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।
कोहलपुरमा शिखा स्विमिङ प्रतियोगिता हुँदै
प्रथम शिखा जिल्लास्तरीय स्विमिङ प्रतियोगिता कोहलपुरमा हुने भएको छ । नेपालगञ्ज स्विमिङ क्लबको सहकार्यमा यस प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
नमुना कृषकलाई एक लाख पुरस्कार
नमुनाको रूपमा कृषि तथा पशु पालन गरेका कृषकलाई प्रोत्साहन गर्न कपिलवस्तुमा ‘एग्री वस्तु कृषि तारा २०८२’ आयोजना गरिएको छ ।