• २६ चैत २०८१, मङ्गलबार

आजदेखि कांग्रेस गुल्मीको तेस्रो सम्मेलन सुरु

blog

रमेश विश्वकर्मा
गुल्मी, चैत २६ गते ।
नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि सम्मेलन सुरु हुँदै छ । मङ्गलबारदेखि सुरु हुने सम्मेलनमा उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा हुने सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो । सम्मेलन गुल्मीको तम्घासमा हुने छ ।

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसरमा दुई दिनसम्म हुने सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्र चिदिचौर खेलमैदानमा भव्य सभा हुने भएको छ । दोस्रो दिन बुधबार बन्द सत्र चैत २७ गते जिल्लास्थित पार्टी कार्यालय, एभरग्रीन पार्टी प्यालेस र इन्द्रेणी पार्टी प्यालेसमा गरिने गरिनेछ ।

बन्द सत्रमा जिल्लाका चार प्रदेश सभाका छुट्टा–छुट्टै छलफल गरिनेछ । ‘एकता, विकास समर्पणः समुन्नत गुल्मीका लागि कांग्रेसको प्रण’ भन्ने मुख्य नारासहित कांग्रेस गुल्मीले तेस्रो जिल्ला सम्मेलन गर्न लागेको हो । टोल–टोलबाट कांग्रेसमा आस्थावान नेता कार्यकार्तालाई तम्घासमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन सबै तहबाट लाग्नुका साथै विभिन्न उपसमिति गठन गरिएको हो । सम्मेलन पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहनेछ । सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाइने कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले बताउनुभयो ।

कांग्रेसका नेता कार्यकर्तालाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । दोस्रो दिनको बन्द सत्रको कार्यक्रममा एक हजार ७४६ क्षेत्रीय प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ ।

उद्घाटन सत्रलाई नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा.मिनेद्र रिजाल, सांसद डा.चन्द्र भण्डारी, चन्द्र बहादुर केसी, अजयबाबु सिवाकोटी, प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताहरूले सम्बोधन गर्नु हुने भएको छ ।