दुर्गमलाई सुगम बनाउँदै हुलाकी सडक
केही वर्ष अघिसम्म जिल्लाका दुर्गम र विकट मानिने बाँकेका पूर्वी क्षेत्रहरु अहिले हुलाकी सडकका कारण सुगम र विकसित हुन थालेका छन्।
सम्झौता अवधिमा बनेन सडक
बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले गुनासो गरेका छन् ।
बाँकेमा कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु
बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ ।
कोहलपुर खानेपानी आयोजनाका लागि ९० लाखको ऋण सम्झौता
कोहलपुर बृहत् सहरी खानेपानी सरसफाइ आयोजना, बाँकेको स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता भएको छ ।
नागरिकताभन्दा राहदानी बनाउने बढी
एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन्।
कोहलपुरमा संविधानको महत्त्व झल्कने रचना वाचन
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागले संविधानको महत्व झल्कने गरि तयार पारिएका कविता, गीत र गजलहरु समावेश रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरणमैत्री व्यवहार आवश्यक छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो ।
छ दिनदेखि महिला बेपत्ता
बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता हुनुभएको छ । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता हुनुभएको हो ।
दानवीर लिलबहादुरलाई सम्मान
पन्ध्र बर्षदेखि अमेरिकामा कमाएको सम्पत्तिले नेपालमा विपन्न घर परिवारलाई सहयोग गर्दै आउनुभएका बाँकेको खजुरा गाउँपालिका –४ का लिलबहादुर थापालाई सम्मान गरिएको छ ।
'नेपालगन्ज-१० के' दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम
नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नुभएको छ ।
गाईगोरु सडकमा छाडे बिस हजार जरिबाना
कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा पालेका गाईगोरु सडकमा छाड्नेलाई जरिबाना तिराउने भएको छ ।
‘समृद्धि र स्थायित्वका लागि राजनीतिक एकता’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबिच दरिलो एकता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
कपडा बुनेर आयआर्जन
कुनै समय घरमा कामविहीन भएर बस्ने महिला पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि महिला उद्यमशीलतामा जोडिन थालेका हुन् ।
सुनारलाई राष्ट्रिय शिक्षा पुरस्कार
संविधान दिवसको अवसरमा नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनार पुरस्कृत हुनुभएको छ ।
फोटो फेस्टिबलका लागि फोटो आह्वान
दुई दिन आयोजना गरिने चौथो नेपालगन्ज फोटो फेस्टिबल अन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ। फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ।
कोहलपुर बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर बाँकेको कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम
बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो ।
संविधान दिवसमा सात सम्मानित
विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्याउनुभएका बाँकेका सात जना वरिष्ठ व्यक्तिलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा सम्मान गरिएको छ ।
राष्ट्रिय शारीरिक सुगठनका उपविजेता कुरेसी नेपालगन्जमा सम्मानित
काठमाडौँमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बन्नुभएका नेपालगन्जका सलिम कुरेसीलाई जनता समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।
मोसा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा बुधवार बेलुकी भएको दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
प्रदेश योजना आयोगमा पदाधिकारी नियुक्त
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
प्रादेशिक सडक गुरुयोजनाको काम अन्तिम चरणमा
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।
पाएन माडी चक्रपथले पूर्णता
एक दशक बितिसक्दा पनि माडी चक्रपथले पूर्णता पाएको छैन ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका वडा नं. ६ को कुसुम गैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।