• १५ वैशाख २०८२, सोमबार

सरकारका कामको प्रचार गर्न हामी तयार छौँ : महामन्त्री थापा

blog

नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री गगनकुमार थापा। तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा, चैत २६ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामले गति नलिएको बताउनु भएको छ। नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले आफूले भित्र र बाहिर सरकारले जुन ढंगले काम गर्नुपर्ने थियो गरेन भनेर भन्दै आएको बताउनुभयो। 

उहाँले प्रधानमन्त्री र मन्त्री नबोलेरै काम गरे आफूहरु सरकारका कामको प्रचार गर्न तयार रहेको बताउनुभयो। 

उहाँले पार्टीभित्र सभापति वा महामन्त्रीले खराब काम गरे त्यसको जिम्मा कार्यकर्ताले नलिने भएकाले नागरिकमा भरोसा बढाउन भ्रष्टाचार सफा गर्ने काममा पार्टी लाग्नुपर्नेमो जोड दिनुभयो। 

आफूहरुलाई २० वर्ष नागरिकले प्रतिक्षा गरेपछि आशा गरे अनुसारको प्रगति नदेखेपछि बढेका असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको भएको महामन्त्री थापाले बताउनुभयो।