टोपलाल अर्याल
रेसुंगा, चैत २७ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएकाले शिक्षकका समस्या अबिलम्ब पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शर्माले कामहरु भइरहेको आगामी संसदमा पारित गर्ने गरेर शिक्षकहरुलाई घर फर्काउन जरुरी रहेको बताउनुभयो ।
उहाँले कुनै दल र व्यक्तिलाई आरोप लगाएर शिक्षकको समस्याबाट उम्कन नहुने बताउनुभयो । शर्माले देशलाई अनुकूल र समुन्नत बनाउने प्रयास भइरहेकाले राजालाई गद्दीमा राखेर मात्रै समृद्धि प्राप्त नहुने बताउनुभयो । उहाँले देशमा भइरहेका विकास र आशासहित उर्जा बोकेर कांग्रेस गाउँगाउँमा पुग्न निर्देशन गर्नुभयो ।
‘‘महाराजधिराजलाई गद्दीमा राखेर पुल र बाटो बन्दैन । धेरै विकासका आशा हामीहरुलेनै देइरहेका छौ,’’ उहाँले भन्नुभयो, ‘‘स्थिरता मार्फत कामको गति बढाउन जरुर छ ।’’
उहाँले श्रीपेच चुनाव चिन्ह लिएर निर्वाचन लडेर बहुमतका साथ सरकार चलाउन आग्रह गर्दै हिंसामा नलाग्न आग्रह गर्नुभयो ।