समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा.भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै (प्रत्यक्ष प्रसारण)
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्नुभएको हो ।
सांसदलाई प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्नु हुँदैन : ज्ञानबहादुर शाही
प्रहरीले पक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतद्वारा शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालस्थित बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
जसपा सम्बद्ध बौद्धिकको भेला शनिबार
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि (शनिबार) हुने भएको छ ।
नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ ग्रहण गर्दै
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ ।
नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा. महत
चितवन, माघ २७ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रिया आएका छन् ।” कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उहाँको भनाइ थियो ।नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । प्रवक्ता डा. महतले थप्नुभयो, “ढिलो चाँडो अन्य पार्टीले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।” कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उहाँको भनाइ थियो ।फरक प्रसङ्गमा प्रवक्ता डा. महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राजा चाहिन्छ भन्ने पनि छन् । चाहिँदैन भन्ने पनि छन् । यसले के अर्थ दिन्छ ”
नागरिकता विधेयकको मस्यौदा पेश
‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेश गरेको छ । नेपालको नागरिकता समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा अभियानको तर्फबाट गृह सचिव विनोद प्रकाश सिंहलाई हस्तान्तरण गरिएको हो ।
राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
काठमाडौँ, माघ २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागितामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् ।
राष्ट्रपतिको सम्बोधन आज
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ।
सत्ता साझेदारीलाई बलियो बनाउने निर्णय
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठकले वर्तमान सरकार गठन भएपछि जनतामाझ व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ । बुधबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठनपछि मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको बताउनुभयो ।
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक ‘भर्चुअल’ रूपमा पनि बस्न सक्ने
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सांसदहरू अभौतिक (भर्चुअल) माध्यमबाट उपस्थित भए पनि संसद् बैठक बस्ने व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले संसद् भवनमा सांसदहरूको उपस्थिति नभए पनि बैठक बस्न सक्ने भएको हो तर त्यसरी बस्ने बैठक प्राकृतिक प्रकोप वा महामारीको अवस्थामा मात्रै बस्नेछ ।
‘व्यवस्था र सङ्घीयता निष्प्रभावी भन्नु अनुचित’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन नै नगरी व्यवस्थाप्रति सबाल उठाउनु उचित नहुने बताउनुभएको छ। उहाँले संविधानले परिकल्पना गरेअनुसार ऐन, कानुन नै बन्न नसकेको अवस्थामा सङ्घीयता खर्चिलो र निष्प्रभावी भन्नु उचित नहुने तर्क गर्नुभयो।
लामिछानेका कागजपत्र झिकाइयो
नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ ।
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनुभयो।
सरकारमा जाने कुरा छैन, समर्थन जारी रहन्छ : सम्मानित नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्लाई बारको पत्र
सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ।
प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट
प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्री मोदी र इयु राजदूत नोनाबीच भेटवार्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारु र युरोपेली युनियन डेलिगेशनका राजदूत नोना डेप्रेजबीच आज भेटवार्ता भएको छ । मन्त्री मोदीसँग शिष्टाचार भेट गर्न राजदूत डेप्रेज सिंहदरवारस्थित मन्त्रालय पुग्नुभएको थियो ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ।
भूकम्प प्रभावितको स्वास्थ्योपचारको व्यवस्था मिलाउन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनले क्षति गर्दा घाइते भएकाहरुको उद्धार, बसोबासको व्यवस्था तथा स्वास्थ्यउपचारको उचित व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुँदै
सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुहुने भएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि शुक्रबार बस्ने भएको हो ।