• १३ साउन २०८१, आइतबार

समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा.भट्टराई

blog

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई । फाइल तस्बिर

काठमाडौं, माघ २७ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अबको वैकल्पिक राजनीतिक कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामुलक लोकतन्त्र रहेको उल्लेख गर्नुभयो । उहाँले अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरुलाई बलियो बनाएर सुशासन कायम गर्नु रहेको बताउनुभयो । तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेण्डा लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाइ त्यसको जगमा देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको बताउन भयो ।