• १३ साउन २०८१, आइतबार

नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ ग्रहण गर्दै

blog

अविनाश चौधरी

धनगढी, माघ २७ गते । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ । 

प्रदेश प्रमुख देवराज जोशीले आज उहाँलाई ३:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो । 

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत गुमा पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशमा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले नेपाली कांग्रेसका शाह हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।