महाअभियोगको सम्बन्धी व्यवस्थाको छुट्टै मस्यौदा पेस गर्ने निर्णय
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाअभियोग सम्बन्धी व्यवस्थाबारे छुट्टै मस्यौदा बनाएर समितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ।
कैदीबन्दी रिहा नभए विश्वासको मत नदिने उन्मुक्ति पार्टीको निर्णय
प्रदेश सरकार गठनमा सहयोग गरेको सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका कैदीबन्दी जेलबाट रिहा भएमा मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा दिने सरकारको निर्णय
सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ ।
न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न बनेको कार्ययोजनालाई एकीकृत रुप दिइयो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (प्रत्यक्ष प्रसारण)
काठमाडौं, माघ २४ गते । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।
स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउँदैन : नेता कोइराला
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन नसक्ने बताउनुभएको छ।
मधेश प्रदेशका उद्योगमन्त्री यादवले लिनुभयो शपथ
मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर अन्सारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरू दुवै जना नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।
बिदा धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सूचना प्रविधिलाई व्यवस्थित गर्न मन्त्री शर्माकाे प्रतिबद्धता
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।
प्रजातन्त्र दिवस मूल समारोहको बैठक
हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बसेको छ ।
मधेश प्रदेश सरकारमा माओवादी सहभागी हुँदै
मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।
अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्राथमिकीकरण गरेका विधेयक अघि बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक र प्रतिनिधिसँग परामर्श गर्नुभएको छ । प्रतिनिधि सभा नियमावली संशोधन कार्य सम्पन्न नभएको र समिति गठनले पूर्णता नपाएको अवस्थामा विधेयक कसरी अघि बढाउने भन्नेबारेमा प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको हो ।
संसद्लाई प्रभावकारी बनाउन तीन शीर्ष नेताहरुबीच छलफल
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटना क्रमका सन्दर्भमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो दल कांग्रेस सभापति देउवा र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो ।
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षीले सरकारको समर्थन गर्दैन : नारायणमान बिजुक्छें
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख प्रतिपक्षी दलले सरकारको समर्थन गर्ने परम्परा कहिल्यै नभएको बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
राष्ट्रपतिमा कांग्रेसलाई सबैले सहयाेग गर्छन्: कांग्रेस सहमहामन्त्री यादव
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने बताउनुभएको छ । सोमबार धनुषाको ढल्केवरमा पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको श्रद्धाञ्जली सभामा अहिलेको राजनीतिक घटना क्रमलाई जोड्दै उहाँले अब बन्ने राष्ट्रपति नेपाली कांग्रेसको हुने दाबी गर्नुभयो ।
प्रधानमन्त्रीलाई शिक्षा र श्रम मन्त्रालयको थप जिम्मेवारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्ने व्यवस्था मिलाउन सांसदहरू सहमत
संसदमा पेश गरिएका सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
हिउँदे अधिवेशन डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।