प्रधानमन्त्रीद्वारा प्रमुख सचेतकहरूसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा
नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
नेपाल पञ्चशीलका सिद्वान्तप्रति प्रतिबद्ध
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल पञ्चशीलको सिद्वान्त र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । पाँचौँ स्थापना दिवसका अवसरमा ‘सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट’ नामक संस्थाद्वारा आइतबार यहाँ आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा विकास, कूटनीति तथा सुरक्षा’ विषयक संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले सो धारणा व्यक्त गर्नुभएको हो ।
आप्रवासी नेपालीद्वारा स्वतन्त्र आयोगको माग
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत हुनुभएको छ। विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको हो।
राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सुनिश्चित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुनुहुने भएको छ। उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ। उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।
सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते बस्ने
निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौ बैठक माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।
पत्रकारको निःशुल्क उपचार गर्ने व्यवस्था गर्छु : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो ।
प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएका छन्।
प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव विप्लवको भेटवार्ता
काठमाडौं, माघ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गर्नुभएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसँग भेट गर्न महासचिव विप्लव नेता खड्गबहादुर विश्वाकर्मासहित बालुवाटार पुग्नुभएको हो ।
ललितपुर महानगर प्रमुख महर्जनद्वारा विज्ञ सल्लाहकार मनोनित
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञलाई आफ्नो सल्लाहकारमा मनोनयन गर्नुभएको छ।
समाजवादीको बैठकमा राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल भएको छ।
कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने महामन्त्री शर्माको दाबी
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गर्नु भएको छ।
सत्ता गठबन्धन भित्रैबाट राष्ट्रपति : उपमहासचिव गुरुङ
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताउनुभएको छ।
रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्चको आदेश
नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ ।
सत्ता साझेदार दलको एकता जोगाउने पक्षमा छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ।
संसदमा बाधा अड्काउ फुकाउ आदेश पेश
प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेश भएको छ ।
तरकारी बिक्री वितरणमा संलग्न बिचौलियलाई जेल चलान गर्न सांसद शाहीको माग
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्री वितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नु भएको छ ।
राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सार्न लागेकोमा सांसद राउतको आपत्ति
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
मधेश प्रदेश सभा सदस्य शारदा कलवार जसपा प्रवेश
मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्करप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गर्नुभएको छ।
कांग्रेसका नेताले प्रतिपक्षको भूमिकालाई स्वीकार्न सकेनन् : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरु प्रतिपक्षको भूमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
अहिले राष्ट्रिय सहमतिको खाँचो छ : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ