• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धन भित्रैबाट राष्ट्रपति : उपमहासचिव गुरुङ

blog

नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

काठमाडौं, माघ २२ गते। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताउनुभएको छ। 

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्ता गठबन्धन दलबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताउनुभयो। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पार्नुभयो। 

उपमहासचिव गुरुङले भन्नुभयो, ‘‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि। गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो। त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो। राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलबीचको सहमतिमा हुन्छ नि। राष्ट्रपति एमाले भित्रै छ नि। मेरो नाम चर्चामा आए पनि राष्ट्रपतिको दौडमा म भने छैन।’

उपमहासचिव गुरुङले सत्तारुढ दलले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताउनुभयो।