• १३ साउन २०८१, आइतबार

कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने महामन्त्री शर्माको दाबी

blog

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौं, माघ २१ गते। नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गर्नु भएको छ। 

आइतबार संघीय संसद्‍ भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताउनुभयो। महामन्त्री शर्माले राष्ट्रपतिमा कांग्रेसले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले सोच्न नहुने धारणासमेत व्यक्त गर्नुभयो।

उहाँले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउनुहुँदै सो कुरा बताउनुभयो।

महामन्त्री शर्माले भन्नुभयो, “राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ। नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नुहुन्छ। राष्ट्रपति पदमा उम्मेदवारी दिँदै गर्दा त्यसलाई लोकतान्त्रिक अभ्यासको रुपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ।”

महामन्त्री शर्माले सत्तारुढ दलप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि आग्रह गर्नुभयो।