• १३ साउन २०८१, आइतबार

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

blog

काठमाडौं, माघ २३ गते । नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कमिटीको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ ।” एमाले बैठक ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माघ २९ र फागुन १ गते मिति तय भएको थियो ।