• १४ मंसिर २०८१, शुक्रबार

सरकारमा जाने कुरा छैन, समर्थन जारी रहन्छ : सम्मानित नेता खनाल

blog

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल । फाइल तस्बिर

काठमाडौं, माघ २६ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ। 

बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आउनुभएका खनालले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताउनुभएको हो। 

उहाँले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताउनुभयो। सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘समर्थन हामीले गरेकै छौँ। समर्थन जारी नै रहन्छ। सरकारले राम्रो काम गरुन्जेल समर्थन रहन्छ। तर अहिले सरकारमा जानेकुरा केही छैन।’

नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो।