• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतद्वारा शिष्टाचार भेट

blog

प्रधानमन्त्री ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुहुँदै नेपालस्थित बंगलादेशका राजदूत चौधरी । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालस्थित बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा उहाँहरूबीच नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।