• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रपतिको सम्बोधन आज

blog

काठमाडौँ, माघ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई  शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उहाँले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ। 

संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५:०० बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।