कांग्रेस संसदीय दलको नेताका लागि मतदान सम्पन्न
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि मतदान सम्पन्न भएको हो ।
जनताको विश्वासलाई गुम्न नदिनुहोस् : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले जनताको विश्वासलाई गुम्न नदिनका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी
तराई–मधेशसहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ ।
मुलुकलाई स्थायी शान्तिमा लैजान देउवाको आवश्यकता : उपसभापति खड्का
काठमाडौं, पुस ५ गते। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताउनुभएको छ। मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो। उहाँले कांग्रेस, माओवादी, समाजवादी, नेकपा (एमाले) सहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताउनु भयो। उहाँले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताउनुभयो। उहाँले आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताउनुभयो। उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदसँग आग्रह गर्नुभयो। उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो।
खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ।
सार्वजनिक जग्गा व्यक्तिको बनाएको आरोपमा १४ जनाविरुद्ध मुद्दा
दश लाख ६५ हजार रुपियाँभन्दा बढी रकम बराबरको सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा सारेको आरोपमा १४ जनामाथि मुद्दा दायर भएको छ।
स्थायीत्व र रूपान्तरणको लागि गगनलाई अघि सारेका हौँ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रूपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ।
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध
नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारका क्रममा मंगलबार अस्पताल भर्ना हुनुभएको छ।
राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अरब इमिरेट्स, संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन संसदीय दलको नेता चयन
अध्यक्ष राजेन्द्र लिङ्ग्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेता चयन हुनुभएको छ।
दलको नीति र निर्णय अनुसार चल्न सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ।
कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको प्रतिस्पर्धा
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ।
कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको उम्मेदवारी
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
संसदीय दलको नेतामा सभापति देउवालाई मेरो समर्थन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्ताव गर्ने बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।
शपथपछि मात्रै माओवादीले संसदीय दलको नेता चयन गर्ने
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
महामन्त्री थापा र नेता कोइराला पक्षको बैठक निष्कर्षविहीन
संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
मधेश प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेश प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।
सरकार गठनको प्रक्रिया सुरु
निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुहुने छ ।
सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन
सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथको कार्यक्रम तय गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुअघि शपथको कार्यक्रम राख्न सरकारले गरेको आग्रहअनुसार सचिवालयले पुस ७ गते छोटो समयमा शपथको मिति तय गरेको हो। सचिवालयले तीन दिनको समय दिएर सबै सदस्यलाई उपस्थितिका लागि सूचना दिएको हो।