• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउँदै

blog

प्रकाशविक्रम शाह

धनगढी, फागुन १ गते । प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँ आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम आउँदै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड बिहान ८:३० बजे नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री धनगढी आउन लाग्नुभएको हो । सुदूरपश्चिममा आउनेबित्तिकै उहाँले गेटास्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । 

गेटामा मेडिकल कलेजमा १० बजे धनगढी पुग्ने कार्यक्रम छ । त्यसपछि उहाँ महेन्द्रनगर प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन गर्ने कार्यक्रम छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री  दिउँसो जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र त्यसपछि कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम छ ।