राप्रपाले सरकारलाई समर्थन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएको छ । सोमबार सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन मात्र गर्ने बताउनुभएको हो ।
कर्णालीका ज्येष्ठ सांसद शाहीले लिनुभयो शपथ
कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज सोमबार शपथ खुवाउनुभएको हो।
आजै सानो आकारको मन्त्रिमण्डल बनाउने माओवादी केन्द्रको निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।
माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ सिफारिस
नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ ।
पल शाहको मुद्दाबारे सुनुवाइ आज हुँदै
नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ आज हुने भएको छ । पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ आइतबार तनहुँ जिल्ला अदालतमा हुन लागेको हो ।
नेकपा (माओवादी केन्द्र) बैठक
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै थप समसामयिक विषयमा छलफल गर्न बैठक बसेको मुख्यसचिव श्रीराम ढकालले गोरखापत्रलाई जानकारी दिनुभयो ।
ओलीको सफल पहल
आइतबार पूर्वार्धसम्म सुनसानजस्तै रहेको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास उत्तराद्र्धमा भने थामिनसक्नु भीडको घेरामा प-यो। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूबीच नयाँ प्रधानमन्त्रीका लागि सहमति जुट्न नसकेपछि अपराह्न एकाएक राजनीतिक सरगर्मी बालकोटतर्फ सरेको हो। यद्यपि त्यसअघि नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच विभिन्न तहमा वार्ता भइरहेका थिए। राजनीतिक समीकरणको अङ्कगणित बालुवाटारमा घट्न थालेपछि त्यहाँ रहेका सञ्चारकर्मी हतार गर्दै बालकोट पुगेका थिए।
कांग्रेस प्रतिपक्षमा
राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछोडेपछि नेपाली कांग्रेस सङ्घ र सातै प्रदेशमा प्रतिपक्षमा पुगेको छ। पाँच दलीय गठबन्धन निर्माण भएपछि सङ्घीय सरकारसँगै प्रदेशमा पनि सरकार गठन गर्न सफल भएको कांग्रेस अब संसद्को प्रतिपक्षी दल बन्ने भएको हो। संसद्को पहिलो दल कांग्रेसले नयाँ सरकार गठनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदमा दाबी नछोडेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको छ। यससँगै कांग्रेसले सङ्घ र प्रदेशका दुई दर्जनभन्दा बढी महत्त्वपूर्ण पद गुमाएको छ। प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्य रहेकोमा कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको थियो। कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी) पनि अर्को निर्णय नगरेसम्म प्रतिपक्षमै हुनेछ। चार सिटसहित लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रतिपक्षमा
नवनियुक्त प्रधानमन्त्रीलाई भारत र चीनको बधाई
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै बधाई दिनुभएको हो । उहाँले लेख्नुभएको छ, “नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई छ ! भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”
प्रचण्डको राजनीतिक यात्रा
नवनियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जन्म वि.सं. २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिनुभयो। २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय शिवनगरबाट एसएलसी परीक्षा उत्तीर्ण हुनुभएका उहाँले २०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गर्नुभयो। उहाँ २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट बीएस्सीएजी उत्तीर्ण हुनुभयो। स्नातकोत्तर तहमा एमपीए उत्तीर्ण गर्नुभएका उहाँ कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल बन्नुभएको थियो। उहाँ २०३८ देखि २०६३ सालसम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो। हाल उहाँ आफू पुष्पकमलभन्दा ‘प्रचण्ड’ भनिनुमा नै गौरव गर्नुहुन्छ।
सहकार्य र तिक्तताका दुई तस्बिर
आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात’ भन्दै प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गर्नुभयो। दुई वर्षपछि बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गर्नुभएको तस्बिर थियो। जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गर्नुभएको थियो, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो। दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ‘हामी यहाँ छौँ’ भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा हुनुहुन्थ्यो।
प्रधानमन्त्रीको शपथग्रहण भोलि ४ बजे
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपतिद्वारा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति भवनमा
नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू भर्खरै राष्ट्रपति भवन पुग्नु भएको छ ।
कांग्रेसले पहल लिन नसकेपछि एमाले तयार भयो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनबाट नेपाली कांग्रेस पहिलो शक्ति बने पनि सरकार गठनमा पहलकदमीको भूमिका निर्वाह गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले राजनीतिक नेतृत्व लिएको बताउनुभएको छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोटमा सहमति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिनुभयो ।
संस्थागत निर्णय नभएकाले केही भन्ने अवस्था छैन–अशोक राई
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सरकार निर्माणका सन्दर्भमा केही भन्न सक्ने अवस्था नरहेको बत्ताउनुभएको छ ।
गठबन्धन जोगाउन प्रधानमन्त्री सफल हुनुहुनेछ : प्रवक्ता कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ ।
बालकोटमा ओली, प्रचण्ड, लामिछानेलगायतका नेताहरू छलफलमा
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरूको छलफल जारी छ ।
गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्ने
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु हुने जानकारी दिनुभयो ।
मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी
देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।
छ वर्ष बित्दा पनि बनेन सडक
२०७३ भदौ २४ गतेका दिन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई वर्ष छ महिनामा निर्माण कार्य सम्पन्न हुने गरी भिटामोड– जलेश्वर–जनकपुर सडक निर्माण सक्ने भन्दै शिलान्यास गर्नु भएको थियो ।
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ