• १३ साउन २०८१, आइतबार

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, फागुन ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको टिमलाई शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिनुभएको हो। 

ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नामिबियालाई तीन विकेटले हराएको हो। त्यस लगत्तै प्रधानमन्त्री प्रचण्डले ट्वीटरमार्फत् क्रिकेट टिमलाई बधाइ दिनुभएको हो। 

बधाइ दिँदै उहाँले उत्कृष्ट खेलाडीलाई सरकारको तर्फबाट प्रोत्साहन स्वरूप पुरस्कार प्रदेश गर्नेसमेत बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डले ट्वीटरमा लेख्नुभएको छ, ‘‘काठमाडौँमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप ‘लिग-टु’ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट  लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु।’’