• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डसँग फ्रान्सेली राजदूतको भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओबीच भएको भेटवार्ता । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा पनि महत्वपूर्ण छलफल भएकाे बताइएको छ । रासस