• २ माघ २०८१, बुधबार

होमस्टे प्रदेशको गौरबको योजना

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली। तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन ६ गते। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले घरबास (होमस्टे) लाई प्रदेशको गौरवको योजनामा राखेको बताउनुभएको छ।

दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्तीको समापनमा शनिबार मन्त्री जुग्जालीले गौरवको योजना भए पनि पछिल्लो समयमा होमस्टेमा लगानी कम रहेको बताउनुभयो। 

पाचँ वर्ष पहिला योजना बनाएर प्रदेश सरकारले २५ करोड होमस्टेको लागि लगानी गरेको र सहयोग बढेर ४० करोड हुनुपर्नेमा एक करोडमा खुम्चिएको दुखेसो गर्नुभयो। अघिल्लो सरकारले बनाएको योजनामा प्रदेशबाट यस अर्थिक वर्षमा १० होमस्टेलाई सहयोग तयारी गरेको बताउँदै मन्त्री जुग्जालीले एक मात्र सहयोग गर्नुपरेमा पनि सिरुबारीलाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो। 

संस्कार र संस्कृतिका कारण शिरुबारी होमस्टेमा सफल भएको बताउदै स्व. रुद्रमानको सपना सफल पार्न सबै जुट्नु पर्ने बताउनुभयो। आफू वडा अध्यक्ष हुँदा गाउँमा होमस्टे स्थापना सिरुबारी, घलेगाउँ, बन्दीरपुर अध्यनको लागि पुगेको र राम्रो सिरुबारी पनि भएको दाबी गर्नुभयो। 

उहाँले पोखरा आउने पर्यटकलाई थोरै मात्र भित्राउन सके सिरुबारी र देशको आर्थिक आर्जनमा टेवा पुग्ने भएकाले त्यसमा जुट्न समितिलाई आग्रह गर्नुभयो। २०५४ सालमा क्याप्टेन स्व. रुद्रमान गुरुङले आँधीखोला गाउँपालिका १ पञ्चमूलमा स्थापना गर्नुभएको होमस्टेको ४३ घरबाट सुरुवात भएकोमा अहिले २२ घरधुरीमा सीमित रहेको छ।