• २२ वैशाख २०८१, शनिबार

रतुवा खोलाको जोखिमयुक्त क्षेत्रको निरीक्षण

blog

रतुवा खोला निरीक्षणमा मन्त्री राजेन्द्र लिङ्देन । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ६ गते । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले दमक र आसपासका पालिकाको समेत प्रमुख समस्याको रुपमा रहेको रतुवा खोला नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले खोलाको कटान क्षेत्र र भइरहेको तटबन्धनको निरीक्षण गर्दै सो कुरा बताउनुभएको हो । 

शनिवार बिहान झापाको दमकमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, वडा ७ का वडाध्यक्ष भीम पौड्याललगायत स्थानीयले खोलाको समस्या विषयमा मन्त्री लिङ्देनलाई जानकारी दिनुभएको थियो । बर्षेनी मावा खोलाले ठूलो मात्रामा जनधनको क्षति गर्दैआएको छ । 

स्थलगत निरीक्षणपछि उहाँले खोलालाई नियन्त्रणसहित बहुउपयोगी तवरले प्रयोगका लागि सरकारले आवश्यक योजना बनाएर अघि बढ्ने बताउनुभयो । जनताको जिउधनको सुरक्षाका लागि सरकारले खोला नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउनेछ उहाँले विश्वास दिलाउनुभयो । 

लिङ्देनले खोला नियन्त्रणका लागि गुणस्तरीय काम गराउन र जोखिम क्षेत्रको पहिचान भएको क्षेत्रमा चाँडै तटबन्धनसहितको काम गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।  

खोलाले गर्ने क्षतिको बिषयमा आफु जानकार रहेको भन्दै उहाँले तटबन्धनको कामलाई छिटो र प्रभावकारी बनाउन आफ्नो मन्त्रलाय तथा आफूले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दमक नगरपालिका वडा ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसार आफुहरुले खोलाको उच्च जोखिममा रहेका घरपरिवार तथा बस्तिमा तत्काल तटबन्धनको ब्यवस्था मिलाइदिन माग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अति जोखिम क्षेत्रहरुको उहाँले निरीक्षण गर्नुभएको छ ।